रुसमा मदिरा सेवन ४३ प्रतिशतले घट्यो

 

मस्को, असोज १६
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा रुसमा मदिरा सेवनमा ४३ प्रतिशतले कमी आएको उल्लेख छ । भोड्का, ह्विस्कीजस्ता अल्कोहलको मात्रा बढी भएका मदिरा सेवनका लागि चिनिएको रुसमा सन् २००३ यता त्यस्तो मदिरा सेवनमा कमी आएको हो ।खेलकुदमा बढी रुची राख्ने राष्ट्रपति भ्लादिमिर पुटिनले ल्याएका कतिपय सुधारात्मक कदमले मदिरा सेवनमा कमी आएको अध्ययनले देखाएको छ । रुसमा पछिल्ला वर्षमा अल्कोहल बेचबिखनमा कडाइ गर्नुका साथै स्वस्थ जीवनशैलीप्रति मानिसहरुलाई आकर्षित गर्न अभियान नै थालिएको छ ।

विश्वमै रुसी गणराज्य अत्यधिक मदिरा सेवन गर्ने मुलुकको रुपमा निकै चर्चामा रहेको थियो भन्दै प्रतिवेदनमा सन् १९९० को दशकमा मानिसको मृत्युको एउटा प्रमुख कारण पनि मदिरा सेवन नै रहेको उल्लेख छ । तर पछिल्ला वर्षहरुमा यो प्रवृत्तिमा नाटकीय रुपमा सुधार आएको छ । अध्ययनमा सन् २००३ देखि २०१६ को अवधिमा मदिरा सेवनको दरमा ४३ प्रतिशत कमी आएको देखिएको छ । प्रतिवेदनका लेखकहरुले अल्कोहल सेवनमा कमी भएकै कारण रुसीहरुको औसत आयु पनि बढेको बताएका छन् । सन् २०१८ मा महिलाको औसत आयु ७८ वर्ष र पुरुषको ६८ वर्ष पुगेको थियो । यो रुसकै इतिहासमा सबैभन्दा उच्च हो ।

सन् १९९० को दशकमा पुरुषको औसत आयु ५७ वर्षमात्र थियो । विगतमा सोभियत नेता मिखाइल गोर्बाचेभले आंशिक प्रतिबन्ध सहित मदिरा विरोधी अभियान नै चलाएका थिए । यसका कारण सन् १९८० देखि १९९० सम्म मदिराको उपभोगमा निकै कमी आएको थियो । तर सोभियत संघको विघटन सहित अल्कोहलको उपभोग एकाएक वृद्धि भयो, र योक्रम सन् २००० को दशकसम्म जारी रह्यो ।

पुटिनको शासनकाल शुरु भएसँगै राति ११ बजेपछि मदिराको बिक्री वितरणमा रोक लगाउनुका साथै खुद्रा बिक्रीमा कर वृद्धि र विज्ञापन प्रशारणमा प्रतिबन्ध लगाइयो । रुसी वयस्क उमेरका व्यक्तिहरुले आजभोलि फ्रान्सेली र जर्मनको भन्दा न्यून मात्रामा अल्कोहल सेवन गरिरहेको डब्लुएचओले जनाएको छ । मस्कोले हालैमात्र सवारी साधन चलाउँदा सुर्ती सेवनमा प्रतिबन्ध लगाएको छ । (रासस/एएफपी) 

 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com