विश्व सैन्य खेलकुदमा २ लाख ३६ हजार स्वयंसेवक हुने

 

चीन, असोज १६
चीनमा हुन लागेको सातौँ विश्व सैन्य खेलकूद प्रतियोगितामा दुई लाख ३६ हजार जना स्वयमसेवक परिचालन हुनेभएका छन् । यीमध्ये दुई लाख १० हजार जना सहरी क्षेत्रमा र बाँकी २६ हजार जना खेल मैदान क्षेत्रमा परिचालित हुनेभएका हुन् । आयोजकहरुले बुधबार दिएको जानकारीअनुसार खेलकूदका लागि चीनमा तयारी तीव्र पारिएको छ । कार्यक्रमका लागि परिचालित हुने स्वयमसेवकहरुमध्ये अधिकांश कलेजका विद्यार्थी रहेको अधिकारीहरुले जनाएका छन् । उनीहरुले १७८ जना विदेशी विद्यार्थी पनि सहभागी हुने बताएका छन् । यस क्षेत्रमा ८० भन्दा बढी विश्वविद्यालयमा गरी दशौँ लाखभन्दा बढी कलेज तहका विद्यार्थी रहेका छन् ।

स्वयमसेवकमा छनौट भएकाहरुलाई स्वयसेवकसम्बन्धी व्यावसायीक तालिम पनि दिइने आयोजकहरुले बताएका छन् । स्वयमसेवक बन्ने सम्झौता गरेपछि उनीहरुलाई खेलकूदको स्थान, सडक निर्दे्शिका, भाषा सेवा, खेलकूदसम्बन्धी गतिविधि र प्रक्रिया, कार्यक्रमको प्रचारप्रसार, यातायातको व्यवस्था, व्यापारिक तथा पर्यटकीय क्षेत्रलगायतका बारेमा जानकारी गराइने भएको छ । चीनको उहानमा यही अक्टोबर १८ देखि २७ सम्म सातौँ विश्व सैन्य खेलकूद प्रतियोगिता हुने तय भएअनुसार तयारी तीव्र रुपमा अगाडि बढेको हो । 

 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com