जापानले बढायो वस्तु बिक्री करको दर

 

टोकियो, असोज १६
पूर्वी एसियाली देश जापानले पाँच वर्षयता पहिलोपटक उपभोक्ता कर वृद्धि गरेको छ । लामो समययता प्रस्तावित तर कार्यान्वयनमा नआएको कर वृद्धि मंगलबारदेखि कार्यान्वयनमा आएको छ । जापानले बिक्री करको दर आठ प्रतिशतबाट बढाएर १० प्रतिशत पु-याएको हो । नयाँ दरले सबै वस्तु र सेवालाई समेटे पनि मुख्य खाने वस्तुमा भने छुट दिइएको छ ।

बढेको करले खर्चमा प्रभाव पर्ने बताइएको छ । नयाँ करवृद्धि गरिए पनि कतिपय विद्युतीय भुक्तानीमा भने छुट दिइएको छ । अतिरिक्त राजस्वलाई केही सामाजिक सुरक्षा कार्यक्रममा खर्च गरिने जापानी योजनाअनुसार कर वृद्धि गरिएको हो । क्यापिटल इकोनोमिक्सका जापानी अर्थशास्त्री मार्सेल थिलियन्टका अनुसार सरकारले आधा राजस्व यसअघि पनि फ्रि चाइल्डकेयरजस्ता सामाजिक सुरक्षा कार्यक्रममा खर्च गरिएको थियो ।

पछिल्लोपटकको करवृद्धि विद्युतीय, पुस्तक र कारहरुसँग जोडिएका वस्तु तथा सेवा बिक्रीसँग सम्बन्धित छ। उपभोक्ताले विद्युतीय प्रणालीबाट भुक्तानी गरे वस्तु खरिदमा पाँच प्रतिशत छुट पाउन सक्नेछन् । पछिल्लो करवृद्धि उपभोक्तालाई विद्य्तीय माध्यमको प्रयोग बढाउनका लागि पनि भएको बताइएको छ । जापानको अर्थतन्त्र पछिल्ला महिनामा बलियो नै देखिए पनि करवृद्धि र विश्व अर्थतन्त्रको बिग्रिँदो अवस्थाको प्रभाव पर्न सक्नेछ ।

चीन र अमेरिकाबीचको व्यापारिक तनावले चीनमा अर्थतन्त्र सुस्त हुँदा जापानमा समेत व्यावसायिक विश्वसनीयतामा ह्रास आएको छ । किनकि जापानले ठूलो परिमाणमा विद्युतीय वस्तुहरु निर्यात गर्छ । कर वृद्धिसँगै खर्चमा कमी आउने अनुमान अर्थशास्त्रीहरुले गरेका छन् तर वर्षको अन्त्यतिर अर्थतन्त्रले पुनः गति लिने विश्वास गरिएको छ ।

 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com