राष्ट्र बैंकद्वारा ३० अर्बको तरलता प्रवाह

काठमाडौं, असोज १७
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो एक महिनामा खुला बजार कारोबारमार्फत कुल ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा ८० अर्ब ३५ करोड तरलता प्रशोचन भएको थियो । यसैगरी चालू आवको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुले तीन अर्ब ३० करोड स्थायी तरलता सुविधा उपयोग गरेका छन् । समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर १७ करोड ८६ लाख खुद खरिद गरी २० अर्ब ११ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर आठ करोड ७८ लाख खुद खरिद गरी नौ अर्ब ६९ करोड खुद तरलता प्रवाह गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलर ४२ करोड बिक्री गरी ४६ अर्ब ८१ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३२ करोड लगायत अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी ३९ अर्र्ब १३ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाहलगायत निर्यात विस्तार सहज बनाउने उद्देश्यले राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिँदै आएको पुनर्कर्जा २०७६ साउन मसान्तमा १९ अर्ब ८९ करोड लगानीमा रहेको छ । यसअन्तर्गत साधारण पुनर्कर्जा १७ अर्ब ८७ करोड र निर्यात पुनर्कर्जा १६ करोड २३ लाख उपयोग भएको छ । राष्ट्र बैंकका अनुुसार भूकम्पपीडितहरुलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न केन्द्रीय बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइएको पुनर्कर्जाको बक्यौता २०७६ साउन मसान्तमा दुुई अर्ब रुपैयाँ रहेको छ । यस्तो कर्जा एक हजार पाँच सय ७८ जना ऋणीले उपयोग गरेका छन् ।

राष्ट्र बैंकका अनुसार २०७६ साउन मसान्तसम्ममा कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत १७ हजार तीन सय २५ जना ऋणीको ३४ अर्ब २६ करोड कर्जा बक्यौता रहेको छ । त्यसैगरी, अन्य क्षेत्रतर्फ प्रवाह भएको कर्जामध्ये एक हजार तीन सय २८ जना ऋणीको ८० करोड ३४ लाख कर्जा बक्यौता रहेको छ । नेपाल सरकारले सहुलियतपूर्ण कर्जाका लागि कुल एक अर्ब ६३ करोड ब्याज अनुदान प्रदान गरेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com