फोर्ड र महिन्द्राबीच संयुक्त सम्झौता

काठमाडौं, असोज १७
फोर्ड मोटर कम्पनी र महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा (ज्वाइन्ट भेन्चर) काम गर्ने गरी एक सम्झौतामा हस्ताक्षर गरेका छन् । जसअन्तर्गत दुवै कम्पनीका उत्पादनहरुलाई संयुक्त प्रयासमा प्रवर्द्धन गरिनेछ । फोर्ड ब्राण्डका सवारीसाधनहरुको भारतमा बजारीकण र बिक्रीवितरणमा संयुक्त प्रयास गरिनेछ भने फोर्ड र महिन्द्रा एण्ड महिन्द्राका उत्पादन तीव्रगतिमा विकास भइराखेको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरिनेछ ।

संयुक्त लगानीमा महिन्द्राको अंश ५१ प्रतिशत र फोर्डको ४९ प्रतिशत रहनेछ । फोर्डको भारतमा भइरहेको बजार पनि संयुक्त लगानीभित्र आउनेछ । सन् २०१७ सेप्टेम्बर देखि दुई कम्पनीबीच प्रारम्भ भएको प्रक्रियाले सन् २०२० मा दुई कम्पनीको सहमतिमा कारोबार गर्ने पूर्णता पाउनेछ । दुवै कम्पनीको समान प्रतिनिधित्व हुने गरी महिन्द्राले व्यवस्थापन गर्नेछ ।

संयुक्त प्रयासअन्तर्गत फोर्ड ब्राण्डलाई भारतका साथै अन्तर्राष्ट्रिय बजारमा समेत प्रवर्द्धन गरिनेछ । हाललाई आ–आफ्नै डिलरको नेटवर्कमार्फत काम गरे पनि एक आपसमा प्रवद्र्धन तर्फ सक्रिय रहनेछन् । महिन्द्राको अनुभव र मूल्यमा आधारित इन्जिनियरिङको यसले सफलता पाइएको छ भने फोर्डको प्राविधिक विशेषज्ञता र अन्तर्राष्ट्रिय बजार पहुँचको संयुक्त प्रयासले कारोबारलाई गति दिने कुरामा विश्वस्त छन् । त्यस्तै फोर्डले आफ्ना ग्राहकहरुका माग पूरा गर्नुका साथै भविष्यमा उनीहरुको आवश्यकता पूरा गर्न निरन्तर सक्रिय रहने र प्राविधिकरुपमा उच्च गुणस्तरीय सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको छ ।

दुवै कम्पनीको संयुक्त प्रयासमा भविष्यमा विद्युतीय सवारीसाधन निर्माण गरी ग्राहकको सेवामा लाग्ने कुरा दुवै कम्पनीले सहमति गरेका छन् । फोर्ड कम्पनीको स्थापना १ सय १६ वर्षअघि भएका थियो, यसले कार ट्रक आदि निर्माण गर्दै आएको छ । विश्वभर यसका १ लाख ९४ हजार कामदार छन् । यसका डिलरहरु विश्वव्यापी रुपमा छन् । यस्तै महिन्द्रा एण्ड महिन्द्रा कम्पनीको विश्वव्यापी रुपमा २ लाख ४० हजार कामदार छन् भने एक सयभन्दा बढी मुलुकमा महिन्द्राका सवारीसाधन पुगेका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com