दिक्तेल बजारमा म्याद गुज्रेका खाद्य सामग्री जफत

खोटाङ, असोज १७
खोटाङमा म्याद गुज्रेका खाद्य सामग्री जफत गरिएको छ  । चाडबाडमा हुन सक्ने कालोबजारीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, कर कार्यालय, उद्योग वाणिज्य संघ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र प्रहरीको संयुक्त अनुगमन टोलीले दिक्तेल बजारका पशलबाट म्याद गुज्रेका विभिन्न खाद्य सामग्री जफत गरेको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको दिक्तेल बजारका १ सय ५ वटा पसलमा अनुगमन गरिएकोमा चारवटा पसलबाट अधिक मात्रामा म्याद गुज्रेका खाने तेल, डिउ, बिस्कुट, कुरमुरे, चकलेट, पेप्सी, जुस, मिरिण्डालगायतका खाद्य सामग्री फेला गरेको अनुगमनमा खटिएका करदाता सेवा कार्यालय खोटाङका प्रमुख गोपाल राईले बताए  । सातवटा पसलमा भने फाट्टफुट्ट रुपमा म्याद नाघेको उपभोग्य सामग्री फेला परेका थिए । जफत गरिएका सामग्रीहरु १६ हजार २ सय ३० रुपैयाँबराबरको रहेको जनाइएको छ ।

बजारमा जफत गरिएका म्याद गुज्रेका सामग्री नगरपालिकाको परिसरमा डिस्पोस गरिएको छ । अनुगमन टोलीले दर्ता गरेर सञ्चालन गरिरहेका ८० र दर्ताविना नै सञ्चालन गरिरहेका २५ पसलमा अनुगमन गरेको थियो । दर्ता नभएका पसललाई हप्ता दिनभित्र दर्ता प्रक्रिया पूरा गरेर सञ्चालन गर्न निर्देशन गरिए पनि लगत्तै दशैँ भएकाले दशैपछि दर्तामा आउन निर्देशन गरिएको प्रमुख गोपाल राईले बताए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com