घाइते बालकको उपचार गाउँपालिकाले गर्ने

महेन्द्र शाही
सोलुखुम्बु, असोज १७
थुलुङदूधकोशी गाउँपालिकाले आफ्नै बाबुको निर्घात कुटपिटपछि घाइते भएका बालकको अभिभावकत्व ग्रहण गर्ने भएको छ । यस विषयमा एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाले उक्त घटनाप्रति ध्यानाकर्षण भएको भन्दै बालकको अभिभावकत्व ग्रहण गर्ने जनाएको हो । गाउँपालिका अध्यक्ष असिम राईद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा आफ्नो छोराछोरीलाई उचित शिक्षा, हेरचाह र माया दिई अभिभावकत्व प्रदान गर्नुपर्ने बाबुबाटै कुटपिट गरि घर निकाला समेत गरेकाले ती बाबुलाई कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाएको उल्लेख छ ।

वडा कार्यालयमा दर्ता भएको निवेदनमाथि छलफल हुँदा बालकको तत्काल उपचार गर्नुपर्ने भएकाले गाउँपालिकाले नै आवश्यक खर्च व्यवस्थापन गरी जिल्ला अस्पताल फाप्लु पठाएको गाउँपालिका अध्यक्ष असिम राईले बताए । बुधबार जारी विज्ञप्तिमा नै उक्त बालकको उपचार खर्च न्यायिक समितिको सिफारिसको आधारमा गाउँपालिकाले नै व्यहोर्ने समेत उल्लेख गरिएको छ । गाउँपालिका ६ मुक्लिका तिर्थ राईले आफ्नै नौ वर्षका छोरा संयोगलाई निर्घात कुटपिटका साथै भाँडा माझ्ने स्टील झुसले ढाडमा रगडेर नुन, खोर्सानी र सिस्नो पानी लगाएका थिए । चरम यातना पाएका ती बालकको ढाडमा ठूलो घाउ बनेको छ । असोज ९ गते घटना भए पनि १३ गते मात्रै सार्वजनिक भएको थियो ।

ती बाबुले कान्छीआमासँग मिलेर जेठी श्रीमतीपट्टिका तीन जना छोराछोरीलाई बारम्बार शारीरिक तथा मानसिक यातना दिने गरेको खुलासा भएको छ । ती बालबालिकाले दिएको बयानको आधारमा बाबुको कुटाइबाट १० महिनाअघि १५ वर्षीया छोरीको समेत हात भाँच्चिएको थियो । मदिरापान सेवन गरि घरमा आउने र विभिन्न कठिन श्रममा लगाउँदा बालबालिकाले काम गर्न नसकेपछि डोरीले बाध्ने, खोर्सानीको धूवाँ लगाउने र मरणासन्न हुने गरी यातना दिने गरेको पीडित बालककी दिदी अपना राईको भनाइ छ । मंगलबार मात्रै जिल्ला अस्पताल फाप्लुमा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले ती बालकको स्वास्थ्य अवस्था बुझ्दै उपचारमा लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने बताएका थिए ।

यसैबीच, बालबालिकासम्बन्धी ऐनको दफा ७२ को उपदफा ३ को खण्ड (क) ले दण्ड र जरिवानाको व्यवस्था किटानकोे साथ उल्लेख गरेको छ । उल्लिखित व्यवस्थाअनुसार त्यस्ता व्यक्तिलाई ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद हुन्छ । तर यहाँ गाउँपालिकाको न्यायिक समिति, प्रहरी र वडाका प्रतिनिधिसहितको रोहबरमा भएको छलफलले सामान्य उपचार खर्चमा दोषीलाई तत्कालको लागि छाडिएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com