स्थानीय बजारमा दशैं चहलपहल बढ्यो

सुबास बस्नेत
दोलखा, असोज १७
दोलखाको स्थानीय बजारमा बुधबारदेखि दशैँको चहलपहल तीव्र रुपले बढेको छ । असोजको पहिलो र दोस्रो साताको तुलनामा बुधबारदेखि भने सदरमुकाम चरीकोट बजार भरिभराउ देखिएको छ । एक साताअगाडि फाट्टफुट्ट मान्छेको उपस्थितिले सुनसान देखिने चरीकोट बुधबार र बिहीबार भने बाक्लो भीड देखिएको छ ।

दशैको किनबेच गर्न आउने मानिसको ओहोरदोहोरले बजार निकै नै भीड देखिन थालेको छ । स्थानीय थोक बिक्रेता र उपभोक्ताहरुले दशैँ खर्चको लागि स्थानीय उत्पादन वस्तुहरु फरक–फरक किसिमका वस्तुहरु सडक छेउमा आफ्नो किसिमले व्यापार गर्ने गरेका छन् । विशेषगरी सदरमुकाम चरीकोट सडक छेउमा लत्ताकपडा र दैनिक उपभोक्तालाई आवश्यक पर्ने खाद्य सामग्री र फलफूलका थुप्राहरु देखिन्छ । बजारमा सामान्य रूपमा मासुजन्य पशुपन्छीको पनि बेचबिखन बढेको छ ।

दशैँ खर्चको लागि भन्दै धेरैजसो स्थानीयले आफ्नो उत्पादनलाई बजारमा लगी बेच्ने गरेका छन् । भीमेश्वर नगरपालिका वडा नम्बर ४ का बिर्ख बहादुर बिकले दशैँ खर्च जुटाउनको लागि आफूले उत्पादन गरेको दाउरा मासुकाट प्रयोग हुने फलामे खुकुरीको व्यापार बजारमा निकालेर बिक्री गरेको बताए । गाउँघरमा प्रयोग गरेर फालेको फलामको जोहो गरेर १५ सय रुपैयाँदेखि पाँच हजारसम्मको दाम राखेर उनले बनाएको खुकुरी राम्रो सग बिक्री हुने गरेको छ । बिर्ख बहादुर सदरमुकाम चरीकोटमा खुकुरी बेच्न राखेको करिब तीन दिन मात्र भयो ।

उनले तीन दिनमा १६ हजारको खुकुरी बेचेको बताए । त्यसैगरी दशैँतिहारको लागि भनेर बैत्यश्वर गाउँपालिकाकी शान्ति बस्नेतले भनी कपडाको पसल सडक छेउमा राखेकी छ । पक्की घरको सटरमा भन्दा कम मूल्यमा सस्तोमा कपडा बेच्ने हुँदा बुधबारदेखि राम्रो व्यापार भएको उनले बताइन् । सस्तोमा खरिद गरेको लत्ताकपडा र उपभोग्य वस्तुहरुले सदरमुकाम चरीकोट बजार सिङ्गारिएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com