गोबर ग्यासको प्रयोग गर्न आग्रह

 

 

झापा, असोज १७
बिर्तामोड नगरपालिकाले खाना पकाउने एलपी ग्यासको सट्टा गोबर ग्यासको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको छ । गोबर ग्यासको प्रयोग गर्दा एलपी ग्यासभन्दा सस्तो र स्वास्थ्यका दृष्टिकोणले समेत बढी लाभदायक हुने भन्दै नगरवासीलाई यस्तो आग्रह गरेको हो । समय–समयमा एलपी ग्यासको अभाव भइरहेका बेला नगरपालिकाले बिर्तामोड नगरवासीलाई प्रोत्साहन गर्दै पशुपालक कृषकको घर–घरमा अहिले निःशुल्क गोबर ग्यासका प्लान्ट जडान गरिरहेको छ ।

 

नगरपालिकाले गत आर्थिक वर्षमा एक सय घरमा खाना पकाउने एलपी ग्यासको सट्टा गोबर ग्यासका प्लान्ट जडान गरेको थियो । गोबर ग्यास राख्न अधिकांश कृषकले चासो देखाएपछि चालू आर्थिक वर्षमा पनि नगरपालिकाले थप दुई सय घरमा निःशुल्क गोबर ग्यासका प्लान्ट निर्माणको काम सुरु गरेको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । बिर्तामोड नगरपालिका–४ स्थित कृष्णप्रसाद उप्रेतीको घरमा इजराइली मोडलको होमबायो ग्यासको प्लान्ट जडान कार्यको उद्घाटन गर्दै नगरप्रमुख शिवाकोटीले पशुपालन गर्ने कृषकका लागि नगरपालिकाले गोबर ग्यास जडान गर्न विशेष पहल गरेको र पशुपालन व्यवसायलाई समेत प्रोत्साहन गरेको बताए ।

 

पशुपालन व्यवसायको प्रवर्द्धनका लागि नगरपालिकाले अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको पनि उनले बताए । उनले भने, ‘अब किन चाहियो सिलिण्डर ग्यास, नगरपालिकाले नै पशुपालन गर्न अनुदान दिन्छ, त्यही पशुले गोबर दिन्छ, त्यही पशुको गोबरबाट ग्यास प्रयोग गर्न सकिन्छ, गोबर ग्यासका प्लान्ट पनि नगरपालिकाले घर–घरमा खोजीखोजी जडान गरिरहेको छ ।’ नेपाल बायोग्यास प्रवर्द्धन संघ प्रदेश नं १ ले बिर्तामोड नगरपालिकामा पहिलोपटक इजरायली मोडलको बायोग्यास जडान सुरु गरेको छ नगरप्रमुख शिवाकोटीले भने, ‘यसका लागि नगरको सहयोग छ, यो नयाँ प्रविधिको गोबर ग्यास जडान एकै दिनमा गर्न सकिने रहेछ, अब किन चाहियो सिलिण्डर ग्यास ।

 

पशुपालन गर्नुहोस् घर–घरमा नगरपालिकाले यस्तै प्रविधिको गोबर ग्यास निःशुल्क जडान गरिदिन्छ ।’ सात घनमिटरको गोबर ग्यास प्लान्ट नेपालका लागि पहिलो हुने र १५ वर्षसम्म यसको वारेन्टी रहने भन्दै नेपाल बायोग्यास प्रवद्र्धन संघ प्रदेश नं १ का सचिव तथा लोककल्याण गोबर ग्यास कम्पनी प्रा.लि.का कार्यकारी अध्यक्ष सन्तोष उप्रेतीले दुई घण्टामै यो प्लान्ट जडान गर्न सकिने र यो प्रविधिले कृषकलाई अन्य ग्यासको तुलनामा विशेष फाइदा पुग्ने बताए । उनले यो प्लान्ट जडान गर्दा खाल्डो खनिरहनु नपर्ने र ब्यागजस्तै जमिनमाथि नै राख्न सकिने बताए । २० हजारमै यो प्लान्ट जडान गर्न सकिने र एकपटक गोबर भरेपछि चार घण्टासम्म नियमित ग्यास चलाउन सकिने उप्रेतीको भनाइ छ । 

 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com