पढाइ खर्चका लागि विद्यार्थी खुम्बु लागे

 

 

 

काठमाडौं, असोज १७
बौद्धनाथमा भएको आक्रमणको विरोध गर्दै नेपालस्थित बौद्धमार्गी आन्दोलनमा उत्रेका छन् । संसारका बौद्धमार्थीमाथि नै आँच आउने गरी लामा गुरु, भक्तजन र विदेशी पाहुनाहरुमाथि आक्रमण गरिएको भन्दै उनीहरुले घोर भत्र्सना समेत गरेका छन् । यही असोज ११ गते विश्व सम्पदा सूचीमा रहेको काठमाडौँस्थित बौद्धनाथ स्तुपामा बौद्ध तथा मेलम्ची घ्याङ गुठीसहित विभिन्न संघ/संस्थाहरु आयोजित ‘चिरशान्ति पूजा’ चलिरहेको बेला एक समूहले आक्रमण गरेको भन्दै बौद्धमार्गीहरुले आन्दोलन गरेका हुन् ।

 

बौद्ध तथा घ्याङ गुठीले काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त घटनाको दोषीलाई कारबाहीको माग गरेको छ । गुरु रिन्पोछे भूपती ब्रज लामामाथि आक्रमण गरी घाइते बनाइनुको साथै शान्ति पूजा नै तोडफोड गरेको तर प्रहरी प्रशासनले दोषीमाथि कारबाही नगरेको भन्दै बौद्धमार्गीहरुले विरोध जनाएका छन् । उनीहरुले आक्रमणकारीले पूजास्थलबाट सामान लुटिएको भन्दै क्षतिपूर्तिको माग समेत गरेका छन् । पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामाको अगुवाइमा आएको समूहले गालीगलौज गर्नुको साथै ढुंगा मुढा, रडले आक्रमण गर्नुको साथै एसिड प्रहार समेत गरिएको उल्लेख गरिएको छ ।

 

‘बौद्धनाथको ऐतिहासिक प्राङ्गणमा ११ गतेका दिन बौध तथा मेलम्ची घ्याङ गुठी एवं विभिन्न संघ÷संस्थाद्वारा आयोजित भव्य चिरशान्ति पूजामा केही बौद्धबास सिण्डिकेटधारी मान्छेहरुको हुलले गालीगलौज ढुंगामुढा, रड, एसिड प्रहार गर्दै क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजीत लामासहितको समूहले लामा गुरु, देश विदेशबाट आएका पाहुना, भक्तजन सञ्चारमाध्यममा तोडफोड गर्नुको साथै गुरु रिन्पोछे भूपति बज्र लामामाथि भौतिक आक्रमण गरी घाइते बनाएको भन्दै विरोध जनाइएको हो ।

 

त्यस्ता अपराध गर्ने व्यक्तिहरुलाई कारबाही गर्नुको साटो उल्टै प्रहरीले प्रोत्साहन दिइएको भन्दै आपत्ति समेत जनाइएको छ । घटनाका घाइतेको उपचार र लुटिएका सामानको क्षतिपूर्तिसँगै घटनामा संलग्न व्यक्तिहरुलाई कारबाहीको माग गरेको विज्ञप्तिमा भनिएको छ । पत्रकार सम्मेलनमा बौद्धमार्गीहरुले घाइतेको उपचार, लुटिएको सामानको क्षतिपूर्ति, विश्वशान्ति बौद्ध स्तूपा परिसरभित्र नारा जुलुस, गालीगलौजजस्ता अवाञ्छनीय गतिविधि निषेध घोषणा गरिए, हजारौं वर्ष पुरानो इँट्टा तथा छोकसिन प्राण प्रतिष्ठानले रक्त चन्दनको काठ चोरी गरी बिक्री गरेकोले कारबाही गरियोस्, स्तुपाको उपल्लो माथिल्लो भागमा विदेशी चिनियाँ भिक्षुको मानव अस्तु हालिएको र चाँडोभन्दा चाडो निकाल्नको लागि पहल गरियोस्, इतिहासलाई तोडमोड गर्ने गरी स्तुपा परिसरभित्र अनधिकृत समेत राखेका छन् ।

 

बौद्ध तथा मेलम्ची घ्याङ गुठीको आन्दोलनमा निरज गोले अध्यक्ष भएको ह्याङ्ला ह्युल्सा गुम्बासहित ३० संघ/संस्थाहरुको सहभागिता रहेको छ । उनीहरुका प्रमुख तथा प्रतिनिधिहरुले विज्ञप्तिमा हस्ताक्षर समेत गरेका छन् । गुठीका सल्लाहकार मनिष गङ्वा (लामा) ले स्तुपामै पूजास्थलमै आक्रमण गरेर संसारका बौद्धमार्गीलाई लज्जित बनाएको बताएका छन् । उनले आक्रमणकारीलाई कारबाहीको गर्नुपर्ने माग गरे । सरकारले असार ७ गते बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख चिनियाँ लामा रिम्पोछे भूपति बज्र लामालाई नियुक्त गरेको थियो ।

 

 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com