सेयर बजारमा पूरै हरियाली

आठ दशमलव ६८ अंकले बढ्दा १७ करोड ६६ लाखको कारोबार

 

 

 

 

 

काठमाडौं, असोज १७
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक आठ दशमलव ६९ अंकले उकालो लागेर ११ सय ४९ दशमलव ४० अंकमा चढेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १९ अंकले उकालो लागेर दुई सय ५१ दशमलव ९७ अंकमा चढेको छ । यसदिन कुल एक सय ५३ कम्पनीहरुको कारोबार भएका छन् । जसअनुसार दुई हजार छ सय ९४ वटा कारोबारमा छ लाख ४७ हजार पाँच सय ६२ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम १७ करोड ६६ लाख ३३ हजार पाँच सय १४ रुपैयाँ पुगेको छ ।

 

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) यसदिन ११ वटा समुहको कारोबार भएका छन् । जसअनुसार फाइनान्स समुहको सूचक तीन दशमलव २८ अंकले ओरालो लागेर पाँच सय ७० दशमलव ८३ अंकमा झरेकोमा बाँकी समुहको सूचक उकालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समुहको सूचक छ दशमलव १५ अंंकले उकालो लागेर एक हजार ५६ दशमलव ५४ अंकमा पुगेकोमा बिकास बैंक समुहको सूचक १३ दशमलव चार अंकले उकालो लागेर १५ सय ६० दशमलव ६० अंकमा पुगेको छ । जलबिद्युत समुहको सूचक पनि सात दशमलव ६८ अंकले उकालो लागेर नौ सय ४४ दशमलव ६९ अंकमा पुगेकोमा लघुवित्त समुहको सूचक पनि १४ दशमलव २४ अंकमा उकालो लागेर १४ सय ७६ दशमलव २० अंकमा पुगेको छ ।

 

यसैगरी निर्जिवन बीमा समुहको सूचक पनि ३९ दशमलव आठ अंकले उकालो लागेर चार हजार दुई सय ५६ दशमलव सात अंकमा पुगेकोमा जीवन बीमा समुहको सूचक पनि ४९ दशमलव ५१ अंकले उकालो लागेर पाँच सय ५३ दशमलव ८७ अंकमा पुगेको छ । यि बाहेक होटल, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सूचक पनि क्रमश २२ दशमलव ४६, ८३ दशमलव १५, एक दशमलव २९ र शून्य दशमलव दुई अंकले उकालो लागेका छन् ।

 

यसदिन कमाउने कम्पनीहरुको सूचीमा परेको युनिलिभिर नेपाल लिमिटेडको सेयर मूल्य १० रुपैयाँले बढेर २० हजार एक सय ८५ रुपैयाँमा किनबेच भएको छ । यसैगरी लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि पाँच रुपैयाँ ६९ पैसाले बढेर छ सय ८७ रुपैयाँमा किनबेच भएको छ । यि बाहेक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरुको सूचीमा परेको युनाईटेड फाइनान्सको सेयर मूल्य नौ रुपैयाँ ८० पैसाले घटेर एक सय ८४ रुपैयाँमा किनबेच भएको छ । यसैगरी बैंक अफ काठमाडौको पनि सेयर मूल्य तीन रुपैयाँ ३७ पैसाले घटेर दुई सय ३७ रुपैयाँमा किनबेच भएको छ । यि बाहेक बेष्ट फार्ईनान्स, मिथिला लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि घटेका छन् ।

 

यसदिन बढी रकम कारोबार गर्ने कम्पनीह्रुको सूचीमा परेको सोल्टी होटलको दुई सय १२ रुपैयाँ अन्तिम मूल्यमा तीन करोड १० लाख ७१ हजार सात सय ६६ रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी सिद्धार्थ बैकको पनि प्रतिकित्ता तीन सय ३७ रुपैयाँ अन्तिम मूल्यमा एक करोड २६ लाख ९४ हजार दुई सय १५ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक शिवम सिमेन्ट, प्रभु बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।

 

 

 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com