एनएलजीको वार्षिक साधारणसभा

 

 

 

 

 

 

काठमाडौं, असोज १७
एनएलजी इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले यही असोज १५ गते बुधबार १३ औं वार्षिक साधारणसभा गरेको जानकारी दिएको छ । कम्पनीका अनुसारसभाले संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४ र ०७५ को लेखापरीक्षकको प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७५ साल असार मसान्तको वासलात, २०७४ साउन १ देखि २०७५ असार ३२ सम्मको नाफा, नोक्सान हिसाब र नगदप्रवाह विवरण पारित गरेको छ ।

 

सभामा अध्यक्ष बिमलप्रसाद वाग्लेले बिगतका वर्षहरूमा कम्पनीले नियमित लाभांश प्रदान गर्दै आएको जानकारी दिदैं यो पटक नियमनकारी निकाय बीमा समितिको निर्देशनअनुसार एनएफआरएस प्रणालीबाट वित्तीय विवरण तयार गर्दा विभिन्न किसिमको व्यवस्था तथा जगेडामा रकमान्तर गर्नुपर्दा लक्ष्य अनुसार लाभांश वितरण गर्न नसकिएको बताए । कम्पनीले बीमा समितिको निर्देशन अनुसार एक अर्ब रूपैयाँ चुक्ता पुँजी पु-याउनको लागि २०७६ जेठ १४ गते सम्पन्न विशेष साधारणसभाको निर्णय अनुसार ६० प्रतिशत हकप्रद सेयर जारी गर्न लागिएको अध्यक्ष वाग्लेले बताए ।

 

कम्पनीले आव २०७४ र ०७५ मा कुल बीमा शुल्क आम्दानी एक अर्ब ५० करोड ४८ लाख, खुद बीमा शुल्क आम्दानी ६९ करोड १५ लाख रूपैयाँ र खुद मुनाफा २४ करोड ७६ लाख रूपैयाँ रहेको छ । कम्पनीको कूल लगानीमा गत आर्थिक वर्षको तुलनामा ११ दशमलव ६८ प्रतिशतले बृद्धि भई २०७५ साल असार मसान्तमा एक अर्ब ९६ करोड रूपैयाँ पुगेको छ ।यसैगरी कम्पनीले आव २०७५ र ०७६ मा कम्पनीको कूल कारोबार गत आव २०७४ र ०७५ कोे तुलनामा १० दशमलव ६८ प्रतिशतले बृद्धि भई, एक अर्ब ६६ करोड लाख रूपैयाँको हाराहारीमा पुगेको छ ।

 

 

 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com