नेपाल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अधिकारीद्वारा शपथ

काठमाडौं, असोज २६
नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीलाई नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ गराएका छन् । सो अवसरमा सभापतिको आसनबाट बैंक सञ्चालक समितिका अध्यक्ष अधिकारीले उच्चतम व्यवसायिक अभ्यास सहित उम्मेदवारहरुमध्ये योग्यतम व्यक्तिलाई बैंकको प्रमुख कार्यकारी अधिकृत चयन गरिएको वताउंदै यस कार्यमा नेपाल सरकार, बैंकभित्रका कर्मचारी युनियन र सम्वध्द सरोकारवालाबाट प्राप्त सहयोगको हार्दिक सराहना गरे ।

सो अवसरमा बैंकका सञ्चालक दीपेन्द्र विक्रम थापाले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अत्यन्त व्यावसायिक व्यक्तित्व रहेको बताउँदै उनको कार्यकाल सबै सरोकारवालामा बैंक होस् त नेपाल बैंकजस्तै अर्थात बैंक भनेकै नेपाल बैंक भन्ने मान्यता स्थापित गर्न सफल रहोस् भन्ने शुभेच्छा प्रकट गरे । कार्यक्रममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालकै अगुवा बैंकमा प्रमुख कार्यकारी पदमा आफुलाई दिइएको विश्वासपूर्ण जिम्मेवारीप्रति हरदम इमान्दार रही सबैंको विश्वासको धरोहरकोरुपमा रहेको नेपाल बैंकको श्रीवृद्धिका लागि नैतिकतापूर्ण एवं व्यवसायिक बैंकिंग अभ्यास आत्मसात गरी मन वचन र कर्मले समर्पित रहने प्रतिवद्धता प्रकट गरे ।

बैंकको प्रधान कार्यालयमा सञ्चालक समितिका सदस्यहरु सर्वश्री हरिशरण पुडासैनी, गंगाप्रसाद ज्ञवाली, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतहरु, मुख्य प्रबन्धकहरु लगायत वरिष्ठ अधिकारीहरुको सहभागितामा बैंकका कम्पनी सचिव केशव भण्डारीको सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत समता पन्त, नेपाल बैंक कर्मचारी युनियनका महासचिव राजुराम मुनकर्मीले नवनियुक्त कार्यकारीलाई हार्दिक वधाई तथा शुभकामना सहित बैंक विकासका सबै पहलमा सहयोग र साथको प्रतिवद्धता प्रकट गरे ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अधिकारीले त्रिविविबाट एमबीए र पूर्वाञ्चल विश्वविद्यालयबाट ईएमबीएको शैक्षिक योग्यता हासिल गरेका छन् । नेपाल बैंकमा वि.सं २०६१ मा सेवा प्रवेश गरी विभिन्न महत्वपूर्ण जिम्मेवारी अनुभव संगाली विगत छ महिना यता कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका अधिकारीलाई यही असोज ११ गते बैंक सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा छनोट गर्ने निर्णय गरेको थियो । यस पदमा १४ जना आकांक्षीहरुले आवेदन दिएका थिए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com