ओपो रेनो टू एफ बुधबार सार्वजनिक गरिने

काठमाडौं असोज २७
ओपोले आफ्नो रेनो सिरिजअन्तर्गतको रेनो टू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ । कम्पनीका अनुसार रेनो टू एफ नेपालमा असोज २९ गते बुधबार सार्वजनिक गरिनेछ । ओपोको सार्वजनिक हुने तयारीमा रहेको रेनो टू एफमा क्वाड क्यामेरा सेटअप, ८ जीबी -याम, हिडन फिङ्गरप्रिण्टलगायत विभिन्न फिचर्सहरू उपलब्ध रहेका छन् । अत्याधुनिक फिचर्स सुसज्जित हुनुका साथै फोनले अद्वितीय फोटोग्राफी, आकर्षक डिजाइन र लामो समयसम्म टिक्ने ब्याट्रीलगायत सुविधा पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

ओपो रेनो टू एफले रेनो सिरिजको रचनात्मकता (क्रिएटिभ) जिन आफूमा पनि समेटेको छ । साथै, प्रयोगकर्तालाई परिस्कृत अनुभव प्रदान गर्ने सोचका साथ उपकरणका विभिन्न पक्षमा थप सुधार पनि प्रस्तुत गरिएको बताइएको छ । कम्पनीका अनुसार सांसारिक सुन्दरतालाई फरक दृष्टिकोणबाट हेर्न सघाउने माध्यमका रूपमा रहेको ओपो रेनो टू एफले स्मार्टफोनमा मात्र सिमित नरही हत्केलामै अटाउने सहज प्रयोगकर्ता अनुभव, शक्तिशाली रचनात्मक उपकरणका रूपमा समेत काम गर्छ । ओपो रेनो टू एफमा यस पटक कम्पनीले क्वाड (चारओटा) क्यामेराको व्यवस्था गरेको छ ।

फोनमा उपलब्ध चार क्यामेरामा ४८ एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८ एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र दुई एमपीपोट्रेट लेन्स रहेका छन् । अहिले फोनमा उपलब्ध गरिएको ४८ एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभई अझ बढी रेजोल्युशन दिने क्षमता राख्छ । यसमा रहेका एफ १.७९ एपर्चर र १/२.२५ इञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो ।

ओपो रेनो टू एफले अद्वीतीय तस्बिर खिच्न सघाउनुका साथै यसमा समान भिडियो क्षमता पनि रहेको छ । फोनमा रहेका शक्तिशाली क्वाड क्यामेरा र तिनमा समाहित ४८ एमपी प्रमुख लेन्स र अल्ट्रा नाइट मोड २.०का माध्यमबाट यसले जस्तोसुकै परिस्थितिमा उत्कृष्ट तस्बिर खिच्ने क्षमता राख्छ । यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनो टू एफको भिडियो खिच्ने क्षमता पनि उत्तिकै सटिक रहेको छ ।

ओपोेले गेमर्सका लागि ब्याट्रीको महत्वका बारेमा पनि रेनो टू एफमा उत्तिकै ध्यान दिएको छ । यस कुरालाई विशेष दृष्टिगत गर्दै कम्पनीले फोनमा चार हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरेको छ । यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत मज्जाले चार्ज गर्न सकिन्छ । फोनमा स्मार्ट एआई रेफ्रिजिरेटरको व्यवस्था पनि रहेको छ । यसले चलायामन नरहेको अवस्थामा स्वचालितरूपमा एपलाई फ्रिज गरी ब्याट्री बचतमा सघाव पु-याउँछ । गेमर्सले अब मोबाइलमा आधा चार्ज बाँकी रहँदा खेललाई निरन्तरता दिनुपर्दा झेल्नुपर्ने तनावबाट मुक्ति पाउनेछन् ।

कम्पनीले यसको समाधानका रूपमा फोनमा भोक फ्ल्याश चार्ज ३.० प्रविधि उपलब्ध गराएको छ । भीएफसी फास्ट चार्जिङ अल्गोरिथमले प्रत्यक्षरूपमा ट्रिक्लिङ चार्जिङको गति बढाएर मात्र ३० मिनेटको समयमा ५१ प्रतिशत चार्ज गर्ने क्षमता राख्छ । त्यसैगरी, प्रयोगकर्तालाई उत्कृष्टताको अनुभव प्रदान गर्न स्मार्टफोनमा ८ जीबी -याम र दरिलो सुरक्षार्थ यसमा हिडन फिंगरप्रिण्ट अनलक प्रणालीको व्यवस्था पनि गरिएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com