सडक फराकिलो पार्न हस्ताक्षर अभियान सुरु

सन्तोष पौडेल
वीरगञ्ज, असोज २७
विगत केही दिनदेखि वीरगञ्जको मुख्य सडक फराकिलो पार्ने कि नपार्ने भनेर व्यापक चर्चा भएको छ । वीरगञ्जको मुख्य सडक चौडा गर्न चरणबद्ध आन्दोलन गर्दै आएको वीरगञ्ज विकास युवा संघर्ष समितिले आइतबारदेखि वीरगञ्जमा हस्ताक्षर अभियान सुरु गरेको छ । संघर्ष समितिको आयोजनामा वीरगञ्ज घण्टाघरमा हस्ताक्षर अभियान सुरु गरिएको हो ।

नेपाल सरकारको निर्णयअनुसार वीरगञ्जको मुख्य सडक २५/२५ मिटर फराकिलो पार्न गरेको निर्णय फिर्ता नलिन दबाब दिन हस्ताक्षर अभियान सुरु गरेको छ तर वीरगञ्जका उच्च घरानाका व्यपारीहरूले १५/१५ मिटर मात्र भत्काउने गरी सडक फराकिलो पार्न मन्त्रीसम्मलाई ज्ञापनपत्र समेत बुझाएका छन् भने केही आर्थिक संकलन गरी अदालतबाट निषेधयाज्ञा समेत बोकेर ल्याएका छन् ।

त्रिभुवन राजपथको वीरगञ्ज क्षेत्रमा, भन्सार विन्दुदेखि गण्डकसम्म सडक सेन्टरबाट २५/२५ मिटर सडक फराकिलो पार्ने भएपछि सोको विरोधमा मेनरोडमा रहेका घरधनीहरू आफ्नो पसल नै बन्द गरी विरोध जनाउने पसलका सञ्चालकहरूले बताएका छन् । सिंगो वीरगञ्ज महानगरभित्र करिब ४० हजार घर छन् तर गण्डकदेखि भन्सारसम्म त्रिभुवन राजपथको दायाँबायाँ महानगरको तथ्यांकअनुसार एक हजार एक सय घर पर्छन् ।

राजमार्गको ‘राइट अफ वे’मा निर्माण गरिएका ११ सय घरवालाहरूको नेतृत्वमा बनेको संगठनको नाम ‘वीरगञ्ज बचाऔँ संघर्ष समिति हो’ जसको नेतृत्व अहिले वीरगञ्ज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले लिएका छन् । आगामी कार्तिक महिनादेखि त्रिभुवन राजपथअन्तर्गत रहेको गण्डकदेखि शंकराचार्य गेटसम्मको मुख्य सडक विस्तार गर्ने कि नगर्ने भन्ने बारेमा अहिले पर्सेली जनता दुइ ग्रुपमा विभाजित बनेका छन् ।

मुख्य सडक फराकिलो बनाएर वीरगञ्जको समृद्धीको अपेक्षा आम नागरिकले गरेको भए पनि त्यसलाई अवरोध गर्न समेत यतिबेला रकमी खेल सुरु भएको वीरगञ्ज विकास युवा संघर्ष समितिले बताएको छ । पर्साका सबै नागरिकको विकासप्रतिको अपेक्षालाई अनादर गरेको भन्दै वीरगञ्जका विकस संघर्ष समितिले आन्दोलन थालनी गरेका छन् भने माननीय मन्त्री रघुवीर महासेठलाई समेत विकासमा अवरोध नगर्न र खुट्टा नकमाउन आग्रह गरेपछि सडक विस्तार गर्न हुन्न भन्ने केही बाधकहरूलाई अब जनता चुप नलाग्ने र पर्सेली जनता विकासको पक्षमा बाधक बन्नलाई जनताले नछाड्ने वीरगञ्ज विकास युवा संघर्ष समितिले बताएको छन् ।

केही दिनअगाडी वीरगञ्ज विकास युवा संघर्ष समितिले वीरगञ्ज महानगरपालिका वडा नं. १० ठाकुर राम बहुमुखी क्याम्पसको प्राङ्गणमा बसेको बैठकले वीरगञ्जको मेन रोड फराकिलो पार्न दबाब दिन असोज २३ गते बिहीबार दिउँसो ४ बजे वीरगञ्जको घण्टाघर विरोध प्रदर्शन र माईस्थानमा एक घण्टा चक्काजाम समेत गरेका थिए ।

आधुनिक वीरगञ्जको निर्माणका लागि अब बाँकी ३९ हजार घरवालाहरूको ‘वीरगञ्ज बनाऔँ’ भन्ने नयाँ संगठन बन्ने बताइएको छ । भन्सार विन्दुदेखि गण्डकसम्म सडक सेन्टरसम्म प्रतिघर दश हजार रूपैयाँको दरले उठाएको पैसाले स्थानीय नेताहरू काठमाडौँ डेलीगेशन गएकोले पनि सडक विस्तारको विषयले कस्तो मोड लिने हो भन्ने वीरगन्जवासीमा जिज्ञासा बढेको छ । संघर्ष समितिका सदस्य रञ्जित चौरसियाको अध्यक्षतामा आइतबार भएको पहिलो दिनको हस्ताक्षर अभियानको उद्घाटन पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ताले गरेका थिए ।

अध्यक्ष गुप्ताले वीरगञ्जको विकासको लागि नेताहरू अगाडि नबढ्नु लाजमर्दो भएको बताए । उनले युवाले थालेको अभियानको तारिफ गरे । वीरगञ्जको मख्य सडक फराकिलो बनाउन बढी चलखेल भए गाउँ–गाउँबाट हजारौँ जनता वीरगञ्जको सडकमा उतार्ने बताए । छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ताले वीरगञ्जको मुख्य सडक २५/२५ मिटर नतोड्न कुनै आदेश नआएको बताए । अदालतले कार्तिक ७ गतेसम्म मात्र नतोडन आदेश दिएकोे बताउँदै उनले यसलाई भ्रम छर्ने काम गरिएको बताए ।

आफ्नो गाँउपालिकामा समेत व्यापक विकास गरी पर्सा जिल्लाकै धेरै विकासप्रेमी नेता तथा गाँउपालिका अध्यक्ष रहेका मनोजकुमार गुप्ताले आफूले पनि आफ्नो गाँउपालिकामा सबै सडक चौडा गरी राखेको बताउँदै पर्सा जिल्लाका सबै राजनैतिक दलका नेताहरू यस अभियानलाई साथ दिई वीरगञ्जको विकासमा सहयोग गर्न अपिल समेत गरेका छन् । संघर्ष समितिका सदस्य अकलेश साहले हस्ताक्षर अभियान तीन दिनसम्म चल्ने र हस्ताक्षर भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई बुझाइने बताए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com