चाइना तिब्बत चेम्बर र नेपाल चाइना चेम्बरबीच द्विपक्षीय आर्थिक व्यापारिक तथा पर्यटन प्रवर्द्धनमा छलफल

काठमाडौं, असोज २७
चाइना तिब्बत चेम्बर अफ बोर्डर ट्रेडका अध्यक्ष लाफा ट्रिङ्ली तथा यस नेपाल चीन उद्योग वाणिज्य संघबीच द्विपाक्षीय आर्थिक व्यापारिक तथा पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको छ । छलफलका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र तिब्बतबीचको सदियौँ पुरानो सुमधुर सम्बन्धलाई थप सुदृढ गर्न आर्थिक तथा लगानी प्रवर्द्धन, पर्यटन, कृषिको विकास, व्यापार मेलामार्फत उत्पादनको प्रवर्द्धन गर्न तत्पर रहेको बताए ।

अध्यक्ष तुलाधरले हाल दुई देशबीचको बद्दो व्यापारघाटा कम गर्न चीनमा आयोजना हुने व्यापार मेलामा सहभागितामा वृद्धि गर्दै निर्यात बढाउने तथा बढीभन्दा बढी चीनियाँ पर्यटन नेपाल भित्र्याउन सहयोगका लागि आग्रह गरे । साथै उनले लगानीका लागि पर्यटन, कृर्षि, जलस्रोत तथा पूर्वाधार उपयुक्त क्षेत्र रहेको समेत बताए ।

चाइना तिब्बत चेम्बर अफ बोर्डर ट्रेडका अध्यक्ष लाफा ट्रिङ्लीले निकट भविष्यमा नै तिब्बतको ल्हासामा एक व्यापारिक मेलाको अयोजना गर्ने तथा नेपालमा हुने मेलामा समेत चिनियाँ व्यापारीहरूको सहभागिता वृद्धि गर्दै लाने बताए । साथै दुई संघबीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको हुनाले सम्झौताअनुरूप संयुक्त लगानी प्रवर्द्धन, व्यापार विस्तार एवम् विविधीकरणका लागि एक–आपसमा सहकार्य गर्नुका साथै विभिन्न व्यापारिक सूचनाहरूको आदान प्रदान गर्ने बताए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com