चार करोड लगानीमा वातावरणमैत्री उद्योग सञ्चालन

पोसकान्त पोखरेल
बुटवल, असोज २८
तिलोत्तमा नगरपालिका–१४ वनकट्टी रूपन्देहीमा चार करोड रूपैयाँको लगानीमा वातावरणमैत्री उद्योग सञ्चालनमा आएको छ । आइतबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले औपचारिकरूपमा एक कार्यक्रमका बीच उद्घाटन गरेसँगै ननओभन ब्याग (गैर बुनेको झोला) तयार गर्ने उद्योग सञ्चालनमा आएको हो । प्लाष्टिक झोलाले फैलाउँदो वातावरणीय प्रदूषणलाई मध्यनजर गर्दै साङ्लो गु्रपले पहिलो उद्योगको रूपमा साङ्लो गु्रप एण्ड इण्डष्ट्रिज प्रालिको नामबाट उक्त ननओभन उद्योग सञ्चालनमा ल्याएको छ ।

सम्भवतः नेपालमै पहिलोपटक मल्टिकलर प्रिन्टिङको सुविधासहित उत्पादन सुरु गरिएको उक्त झोलाले द्रुत गतिमा बजार विस्तार गर्नसक्ने विश्वास पनि व्यक्त गरिएको छ । संस्थाका अध्यक्ष खिमानन्द भुषालको अध्यक्षता र तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा कम्पनीको संक्षिप्त जानकारी गराउँदै अध्यक्ष खिमानन्द भुषालले समयको माग र बदलिँदो परिस्थितिमासँगै सहयात्रा गरौँ भन्ने उद्देश्यले सानोसानो पुँजीलाई एकीकृत गरी साङ्लो गु्रप एण्ड इण्डष्ट्रिज प्रालिको स्थापना गरेर वातावरणमैत्री उद्योग सञ्चालनमा ल्याएको बताए ।

उनले तिलोत्तमा नगरपालिकाले अगाडि सारेको ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा र राष्ट्रियस्तरमै वातावरण सुरक्षाको लागि साङ्लो ग्रुप एण्ड इण्डष्ट्रिज प्रालि स्थापना सहयोगी भूमिकामा रहिरहने धारणा व्यक्त गरे । वर्तमान समयमा उद्योगले १३ जनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी गराउँदै अध्यक्ष भुषालले निकट भविष्यमै कृषि, यातायात, सहुलियत सपिङ मललगायत उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने उद्देश्य बोकेको बताए । प्रमुख अतिथि तथा नगरप्रमुख बासुदेव घिमिरेले नगरपालिकाको वातावरणमैत्री योजनामा साङ्लो ग्रुपको उपस्थिति सह्राहनीय भएको बताउँदै उद्योगले उत्पादन गरेका उत्पादनहरूको लागि बजारीकरणको कुनैपनि समस्या आउन नदिनेमा प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख घिमिरेले नगरपालिकाका सबै बजारहरूमा आफ्ना उत्पादनहरू पु-याएर पूर्ण प्लाष्टिक झोलामुक्त गर्ने नगरपालिकाको अभियानमा सहयोग गर्नपनि आग्रह गरे । एक्लो प्रयासले कुनैपनि कामलाई सफलताको सिँढीमा चढाउन असम्भव हुने हुँदा २५ जनाको संयुक्त लगानीमा सञ्चालनमा आएको उद्योग एक जनाको लागि उपयुक्त स्थान भएकोले फरकफरक क्षेत्रका अन्य २४ वटा उद्योगहरू पनि सञ्चालनमा ल्याउने महत्वाकांक्षी योजनाको बाटोमा चल्नको लागि सुझाव तथा शुभकामना व्यक्त गरे । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com