हिरोको एडभेञ्चर मोटरसाइकल एक्सपल्स २०० को बिक्रीवितरण सुरु

काठमाडौं, असोज २९
हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले आफ्नो अत्यधिक लोकप्रिय प्रिमियम मोटर साइकल –एक्स्पल्स २०० एक कार्यक्रमबीच सार्वजनिक गरेको छ । नेपाली बजारको लागि आफ्नो महत्वाकांक्षी प्रिमियम उत्पादन रणनीति लिएको हिरो मोटर कर्पले उत्पादान गरेको यस मोटर साइकल एक्स्पल्स २०० को मूल्य तीन लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार साहसिक बाइकिङ समूहअन्तर्गत पृथक र विशेषतायुक्त एक्स्पल्स २०० मोटर साइकल देशभर रहेका नेपाल जेनरल मार्केटिङल सम्पूर्ण डिलरहरु कहाँ उपलब्ध हुनेछन् । हिरो मोटरकर्पबाट प्रस्तुत नयाँ शृंखलाको एक्स्पल्स २०० उत्पादनले ग्राहकहरुमाझ आधुनिक डिजाइन, सर्वश्रेष्ठ प्रविधि र सबैभन्दा अलग बनौटका उत्पादन प्रस्तुत गर्ने कम्पनीको लक्ष्यलाई प्रतिविम्बित गरेको छ । एक्सपल्स २०० बिक्री सुरु गरेको मात्र केही महिनाको अवधिमा नै यो भरतमा उच्च बिक्री हुने एडभेञ्चर बाइक बनिसकेको छ ।

साथसाथै ल्याटिन अमेरिका जस्ता विश्व बजारहरुबाट पनि यसले अत्यन्त सकारात्मक प्रतिक्रियाहरु प्राप्त गरिरहेको कम्पनीले जनाएको छ । यस अघि सार्वजनिक भएका दुई मोटरसाइकल एक्सपल्स २०० एस र एक्सपल्स २०० टि नयाँ प्रिमियम समुहका मोटरसाइकलहरुका साथ हिरो मोटर कर्पले नेपालमा प्रिमियम मोटरसाइकलको वर्गमा आफ्नो उपस्थिति बलियो हुने अपेक्षा गरेको कम्पनीको भनाइ रहेको छ ।

कम्पनीका अनुसार रोमाञ्चक उत्पादनहरु उपलब्ध गराउने क्रममा अझ धेरै ऊर्जाका साथ पेस गरिएको यो एक यात्रादायी मोटरसाइकल हो जुन साहसिक बाइकिङ गर्नेका लागि एक्स्पल्स २०० महत्वपूर्ण हुने विश्वास गर्न सकिन्छ । भ्रमणमा जान रुचाउने युवा पुस्ताहरु लक्षित गरी निर्माण गरिएको एक्स्पल्स २०० आधुनिक संरचना र सवारी सहजताको सही संयोजन खोजिरहेका युवाहरुको लागि उत्कृष्ट मोटरसाइकल हुने कम्पनीको दाबी छ । एक्स्पल्स २०० मा २०० सिसि सिभि कार्बुरेटर इन्जिन जडान गरिएको छ जसले १८.४ पिएस पावर र १७.१ एनएम टर्क प्रदान गर्ने क्षमता राख्दछ । यो मोटरसाइकल सुरक्षा र सुविधाजनक गुणका विशेषताहरुले भरिएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com