सेयर बजारमा सुधार

पाँच अंकले बजार उकालो लाग्दा २२ करोडको सेयर किनबेच

काठमाडौं, असोज २९
सेयरबजार सुधारोन्मुख दिशामा गएको छ । यसअघि लगातार ओरालो लागेको सेयरबजार परिसूचक मंगलबार पाँच दशमलव आठ अंकले उकालो लागेर ११ सय ४२ दशमलव चार अंकमा पुुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव पाँच अंकले उकालो लागेर दुुई सय ५० दशमलव २२ अंकमा पुुगेको छ । यसदिन कुुल एक सय ५१ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार दुई हजार आठ सय १० वटा कारोबारमा सात लाख ६५ हजार आठ सय ९७ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम २२ करोड २४ लाख ५२ हजार ७८ रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार ट्रेडिङ, उत्पादमूलक र सामूहिक लगानी कोष समूहको सूचक स्थिर देखिएका छन् भने बाँकी समूको सूचक उकालो लागेका छन् । सोअनुुरूप वाणिज्य बैंक समूहको सूचक चार दशमलव ४२ अंकले उकालो लागेर एक हजार ४९ दशमलव एक अंकमा चढेकोमा विकास बैंक समूहको सूचक आठ दशमलव दुुई अंकले उकालो लागेर १५ सय ५९ दशमलव ४८ अंकमा चढेकोे छ ।

जलविद्युुत समूहको सूचक पनि दुुई दशमलव ५५ अंकले उकालो लागेर नौ सय ३९ दशमलव २९ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि पाँच दशमलव ३३ अंकले उकालो लागेर १४ सय ६५ दशमलव २७ अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि तीन दशमलव ४५ अंकले उकालो लागेर चार हजार दुुई सय १७ दशमलव ४१ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ३१ दशमलव १५ अंकले उकालो लागेर पाँच हजार दुुई दशमलव ८० अंकमा चढेको छ । यीबाहेक होटल, फाइनान्स र अन्य समूहको सूचक सूचक पनि क्रमशः १७ दशमलव ३३, एक दशमलव २७ र पाँच दशमलव ६४ अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको आरएडीसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पाँच रूपैयाँ ९३ पैसाले बढेर छ सय २५ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य चार रूपैयाँ ९० पैसाले बढेर एक सय सात रूपैयाँमा किनबेच भएको छ । यीबाहेक सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी, ओरन्टल होटल लिमिटेड आदिको सेयरमूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सिटी एक्सप्रेस फाइनान्स कम्पनीको सेयर मूल्य पाँच रूपैयाँ ८८ पैसाले घटेर एक सय १२ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन पावर पार्टनर लिमिटेडको सेयरमूल्य तीन रूपैयाँ ४७ पैसाले घटेर एक सय ३९ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक एभरेष्ट इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी आदिको सेयरमूल्य पनि घटेका छन् ।

यसदिन रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको सिद्धार्थ बैंकको तीन सय ३८ रूपैयाँ अन्तिम मूल्यमा चार करोड सात लाख ७४ हजार दुुई सय ५६ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरतर्फ प्रतिकित्ता दुुई सय ६२ रूपैयाँ ५० पैसा मूल्यमा तीन करोड ६९ लाख ६० हजार रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक प्रभुु बैंक, कृषि विकास बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com