दोलखामा सञ्चालित बैंक तथा सहकारी संस्थाहरू घाटामा

काठमाडौं, असोज २९
दोलखा जिल्लामा सञ्चालनमा रहेका अधिकांश बैंक तथा वित्तीय संस्था एवम् सहकारीहरू नाफाविहीन बन्दै गएका छन् । सो क्षेत्रमा रहेका धेरैजसो बैंक तथा वित्तीय संस्थाहरू एवम् स्थानीय सहकारीहरूको विसं २०७२ साल बैंशाख १२ गते गएको भूकम्पपश्चात् प्रवाह गरेको कर्जा नउठेपछि ती संस्थाहरू नाफाविहीन बन्दै गएका हुुन् ।

भूकम्पले पुर्णरूपमा ध्वस्त बनेका दोलखाका स्थानीय तहका घर निर्माण गर्न राज्यले दिएको तीन लाख पैसाले नपुगेपछि भूकम्प पीडितले नयाँ घर निर्माण गर्न लिएको सहकारीहरूको ऋण फिर्ता गर्न नसकेपछि सहकारीको नाफा शून्यमा झरेको हो । समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन राष्ट्रिय लक्ष्यलाई स्थानीय सहकारीहरूको पहलमा योगदान गर्नका लागि सहकारीको समग्र संस्थागत विकासका साथै उद्यमशीलतामार्फत आर्थिक रूपान्तरणको दीर्घकालीन कार्यदिशा निर्धारण गर्ने मुख्य उद्देश्यले दोलखा जिल्लामारहेका सहकारीहरूले स्थानीय सर्वसाधारण जनता र आफ्ना सदस्यहरूलाई सामान्य धितो राखेर ऋण कारोबार गर्दै आएका छ ।

चार सयभन्दा बढी ऋण कारोबार गर्दे आएका जिल्ला सानाठूला सहकारीमध्ये एक सयभन्दा बढी सहकारीको नाफा वृद्धि हुन नसकेको बताउँछन् । जिल्ला सहकारी संघ दोलखा अध्यक्ष हेमन्त चौलागाई । उनका अनुसार विशेष गरी दोलखा ग्रामीण भेगमा रहेका धेरै सहकारीहरूले लगानी गरेको ऋण फिर्ता गर्न नसकेको हुँदा सहकारी घाटामा झरेको उनको भनाइ रहेको छ ।

बैतेश्वर गाउँपालिकका दर्जन बढी सहकारीहरू पनि वार्षिक कार्यक्रम लगानी गरेको ऋण उठ्न नसकेको गुनासो गरिरहेका छन् । जिल्लाका धेरैजसो स्थानीय भूकम्प पीडितले पुरानो प्रविधिको कच्ची घरको ठाउँ पक्की आरसीसी घर बनाउन नेपाल सरकारले दिएको तीन लाख अनुदानले नपुगेपछि सहकारीहरूको पाँच र छ लाख ऋणबाट दुई/तीन तले घर निर्माण गरेर पनि अहिले सहकारीको ऋण फिर्ता गर्न नसकेको कारण सहकारीहरू घाटामा गएको बताउँछन् । जनजागरण सहकारी मिर्गेका अध्यक्ष पवनप्रसाद दाहाल ।

दोलखामा सहकारी संस्थाहरूमात्र नभई जिल्लाका बजार क्षेत्रमा खुलेका निजी तथा सरकारी बैंकहरूको लगानी पनि जोखिममा परेको छ । सदरमुकाममा व्यापारिक चहलपहल कम हुँदै गएपछि बैंकहरूको ३५ करोड रूपैयाँभन्दा बढी लगानी जोखिममा परेको हो । सदरमुकाम चरिकोटमा अवस्थित १४ बैंकका मात्रै चार सय ग्राहक खराब ऋणीको सूचीमा परेका छन् । जसको कारण लगानी बिग्रिएर ३५ करोडभन्दा बढी रकम जोखिममा परेको छ । प्रत्येक महिनाको मसान्तसम्म साँवा ब्याजसहितको किस्ता बैंकमा दाखिला गर्नुपर्ने ग्राहकले तीन वर्षसम्म पनि किस्ता तिरेका छैनन् ।

कतिपय ऋणीहरू त बेपत्ता नै भएको बैंक र सहकारीका कर्मचारीहरूको भनाइ छ । बैंकमा धितो राखेको जग्गाको मूल्यसमेत घटेको र लिलामी गर्दा साँवा पनि नउठ्ने भएपछि बैंकहरू थप संकटमा परेको महालक्ष्मी विकास बैंक चरिकोटका शाखा प्रबन्धक विश्वासराज पाण्डेले बताए । उनका अनुसार जिल्लाको व्यापारिक गतिविधिमा कमी आएकाले बैंकहरूले लगानी गर्ने स्थिति नरहेको हुँदा अस्तव्यस्त प्रतिस्पर्धाका कारण बैंकहरूको लगानी जोखिममा परेको नेपाल बैंक चरिकोटका शाखा प्रबन्धक विदुरविक्तम थापाले बताए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com