अजोड इन्स्योरेन्स र एनआईबीएल एस क्यापिटलबीच सम्झौता

काठमाडौं, असोज २९
अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआईबीएल एस क्यापिटलबीच सम्झौता भएको छ । सम्झौतामा अजोडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबीएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अजोड निकट भविष्यमा नै जारी गर्ने एक सय रूपैयाँ अंकित मूल्यबराबरको ३० लाख कित्ता साधारण सेयरको लागि एनआईबीएल एसले बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

हाल अधिकृत पुँजी एक अर्ब, जारी पुँजी एक अर्ब रूपैयाँ रहेको अजोडको चुक्ता पुँजी ७० करोड रूपैयाँ रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुुक्ता पुँजी एक अर्ब रूपैयाँ नै पुुग्नेछ । अजोड कम्पनी ऐन, २०६३ अन्तर्गत २०६४ चैत्र २० गते पब्लिक लिमिटेड कम्पनीको रूपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई स्थापना भएको हो ।

विस २०७४ माघ २४ गते बीमा समितिबाट निर्जीवन बीमा कारोबार गर्न विमकको प्रमाणपत्र प्राप्त गरेको र कम्पनीले २०७४ असार २१ गतेदेखि बीमासम्बन्धी कारोबारको शुुभारम्भ गरेको हो । कम्पनीले हाल सातै (७) प्रदेश स्थित प्रदेश नं. १ मा बिर्तामोड, इटहरी र विराटनगर प्रदेश नं. २ मा लाहान, जनकपुर, चन्द्रपुर र वीरगञ्ज प्रदेश नं. ३ मा हेटौडा, नारायणगढ र बनेपा काठमाडौँ उपत्यकाभित्र जोरपाटी, नयाँ बानेश्वर, बालाजु, कलंकी, कीर्तिपुर, बुढानिलकण्ठ, पाटन र भक्तपुर, गण्डकी प्रदेशमा पोखरा, दमौली, कुश्मा प्रदेश नं. ५ मा बुटवल, भैरहवा, दाङ, गुल्मी र नेपालगञ्ज र पूर्वी रुकुम कर्णाली प्रदेशमा सुर्खेत, सुदुरपश्चिम प्रदेशमा धनगढी गरी जम्मा २९ वटा प्रादेशिक, शाखा, उपशाखा कार्यालय र १९ वटा तेस्रोपक्ष बीमा काउण्टरमार्फत् बीमा सेवा प्रदान गरिरहेको छ ।

कम्पनीले चालू आर्थिक वर्षभित्रमा थप नौ ठाउँमा उपशाखा खोल्ने तयारी गरेको छ । यसअन्र्तगत दमक, सिमरा, टाँडी, चापागाउँ, कावासोती, पालुङटार, बिर्ताबाङ पश्चिम रुकुम र टिकापुरमा उपशाखा कार्यालयहरू सञ्चालनको तयारीमा रहेको कम्पनीले जानकारी दिएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com