कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

काठमाडौं, असोज २९
कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता भएको छ । दुुवै बैंकका प्रमुखहरूले प्रिपेड कार्ड जारीका गर्नको लागि सम्झौता गरेका हुुन् । सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि गुरागाईले हस्ताक्षर गरेका हुुन् । सम्झौतापश्चात् कृषि विकास बैंकमार्फत राष्ट्रिय सहकारी बैंक (एनसीबीएल)सँग आबद्ध सम्पूर्ण सदस्यहरूलाई प्रिपेड कार्ड उपलब्ध गराउने भएकोले ग्रामीण क्षेत्रका दूरदराजमा रहेका सहकारी सदस्यहरूलाई आधुनिक बैंकिङका अत्याधुनिक सेवाबाट लाभान्वित हुने अवसर मिल्नेछ ।

उक्त अवसरमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि विकास बैंकलाई उल्लिखित सेवा गर्ने मौका दिएकोमा सम्बद्ध पक्षलाई धन्यवाद दिँदै सम्झौताले भविष्यमा वित्तीय साक्षरताबाट वञ्चित भएको समूहलाई समेत बैकिङ सेवामा आबद्ध गर्न ठूलो मदत पुग्ने बताए । सोही अवसरमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि गुरागाईले कृषि विकास बैंकले उल्लिखित सेवा प्रदान गर्न लागेकोमा कृषि विकास बैंक परिवारलाई हार्दिक धन्यवाद दिनुका साथै भविष्यमा यस सम्झौताका कारणले दुर्गम ग्रामीण क्षेत्रहरूमा रहेका बासिन्दाहरूको जीवन सहज र सरलसहित बैकिङ पहुँचमा वृद्धि हुने बताए ।

सो अवसरमा कृषि विकास बैंक का.मु. उप–महाप्रबन्धकहरू प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, ध्रुवचन्द्र गौतम र दीर्घबहादुर अर्याल, विभागीय प्रमुखहरू पप्पुबाबु श्रेष्ठ, बासु अधिकारी शाखा प्रमुख भोला नेपाल र राष्ट्रिय सहकारी बैंकको तर्फबाट अन्य प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com