सहकारीले प्राधिकरणलाई महसुल नतिरेपछि दुई पालिकाका तीन वडा अन्धकारमा

दोलखा, असोज ३०
स्थानीयवासीसँग पैसा उठाएर तामाकोशी ग्रामीण विद्युत सहकारी संस्थाले विद्युत प्राधिकरणलाई महसुल नतिरेपछि दुई गाउँपालिकाका तीन वडाका पुरै वस्ती अन्धकारमय बनेका छन् । नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले २४ लाख विद्युत महसुल नतिरेको भन्दै तीन वटा वडाका एक हजार धरधुरीको लाइन काटेको हो । जिल्लाको तामाकोशी गाउँपालिकाका २ वटा वडा र मेलुङ गाउँपालिकाको १ वडाका झण्डै हजार घरधुरीको लाइन काटेको विद्युत प्राधिकरण दोलखाले जनाएको छ ।

२०६७ सालदेखि हिमाल पावर लिमिटेडको सहयोगमा विद्युतीकरण गर्न बनेको तामाकोशी ग्रामीण विद्युत सहकारी संस्थाले विगत ३ वर्षदेखिको विद्युत महसुल नबुझाएका कारण लाइन काट्न बाध्य भएको प्राधिकरणअन्तर्गतको दोलखा वितरणका लेखा प्रमुख माधव प्रसाईले जानकारी दिए । प्राधिकरणले विद्युत लाइन काटेपछि तामाकोशी गाउँपालिकाको वडा नम्बर तीन र चार साविक जफे, मालु गाविस र मेलुङ गाउँपालिकाको साविक मेलुङ गाउँ मंगलबारदेखि अन्धकारमय बनेका छन् । 

तामाकोसी ग्रामीण विद्युत सहकारीले उपभोक्तामार्फत विद्युत महसुल संकलन गरेर प्राधिकरणलाई बुझाउँदै आएको थियो । नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख विपिन ढकालले मोटो परिमाणको रकम वर्षौदेखि रोकिँदा असहज भएको बताए । ढकालले आफू भर्खरै सरुवा भएर दोलखा आएको र आएदेखिनै महसुल भुक्तानी गर्न पटकपटक अनुरोध गरेपनि सहकारीले भुक्तानी नगरेपछि लाइन काट्न बाध्य भएको जानकारी दिए।

उनका अनुसार जम्मा एकै पटक रकम भुक्तानी गर्न नसकेपनि क्रमशः बुझाउदै गए लाइन सञ्चालनमा ल्याइनेछ । तामाकोशी ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष ध्रुब पोख्रेलले बक्यौता बाँकी रहेको स्वीकार्दै लाइन काटेर प्राधिकरणले हतार गरेको बताए । उनले बीचमा प्राधिकरणले उपलब्ध गराएका मिटर बक्सहरू एकैपटक बिग्रेको र समयमा नयाँ मिटरबक्स उपलब्ध नगराएकाले विद्युत महसुल बाँकी रहेको स्वीकारेका छन् ।

अध्यक्ष पोख्रेलले उपभोक्ताबाटै रकम नउठेको बताउँदै उठेलगत्तै आफूहरू भुक्तानी गर्ने तयारीमा रहेको जानकारी दिए । तर सहकारीले उपभोक्तासँग प्रत्येक महिना विद्युत महसुल उठाउँदै आएको छ । सहकारीले समयमा नै महसुल नतिरे उपभोक्तासँग हर्जना समेत लिँदै आएको छ । उपभोक्तासँगबाट रकम उठाएर सहकारीका पदाधिकारीले रकम हिनामिना गरी उपभोक्ताहरूलाई दुःख दिएको स्थानीयले आरोप लगाएका छन् । हिमाल पावर लिमिटेडले ०६७ सालमा विद्युत सहकारीको अवधारणा बनाएर जफे मालु र मेलुङमा विद्युतीकरण गराएको थियो ।

सोही मोडालिटीको आधारमा सहकारीले उपभोक्तबाट महसुल संकलन गरेर प्राधिकरणलाई बुझाउँदै आएको थियो । अध्यक्ष पोख्रेलले केही दिनमै रकम संकलन गरेर महसुल बुझाउने जनाएका छन् । उनका अनुसार तत्कालीन समयमा अवलम्बन गरेको सहकारी मोडालिटी असहज हुँदै गएको भन्दै त्यसतर्फ साधारण सभामा छलफल गरी प्राधिकरणको काम उसैलाई गर्न दिने विषयमा प्रस्ताब लैजाने तयारी रहेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com