अनुदानमा भेदभाव हटाउनुपर्नेमा जोड

पोसकान्त पोखरेल
बुटवल, असोज ३०
श्री टिकुलीगढ दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लि. तिलोत्तमा–१४ रूपन्देहीका कृषकहरूले राज्यले दूध उत्पादनमा दिने अनुदानमा भेदभाव गर्न नहुने बताएका छन् । उनीहरूले श्री टिकुलीगढ दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लि.२४औँ वार्षिक साधारण सभामा उक्त आवाजलाई स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारको कानसम्म पु-याउन पनि निर्वाचित जनप्रतिनिधिहरूसँग पहल गरेका छन् । संस्थाका अध्यक्ष जनार्दन शर्मा यादबको अध्यक्षता र प्रदेश नं. ५ का प्रदेश सभा सदस्य बलदेव शर्मा पोखरेलको प्रमुख आतिथ्यतामा संस्थाको कार्यालय कक्षमा सम्पन्न साधारण सभाको खुला सत्रमा बोल्ने अधिकांश वक्ताहरूले उक्त कुरामा विशेष जोड दिएका थिए । 

 

अध्यक्ष जनार्दन शर्मा यादवले वार्षिक प्रतिवेदन गर्दै संस्थागत र संस्थाका सेयर सदस्यहरूको हकहितको लागि विभिन्न नौवटा भावि कार्यक्रमहरूको लागि प्रस्ताव पेश गरेका थिए । शर्माले पेश गरेको प्रस्तावहरूमा दुग्ध उत्पादक कृषकलाई राहतदेखि सेयर सदस्यको एकाघरको परिवारको सदस्यको मृत्युमा काजक्रिया खर्चको पनि वृद्धि गर्ने रहेको छ भने संस्थालाई थप मजवुत बनाएर लैजानका लागि अन्य कार्यक्रमहरू पनि अगाडि सारिएको छ ।

दूधको गुणस्तर तथा परिमाण वृद्धि गर्नका लागि टाढाबाट दूध ल्याउने तीन जना, नियमित दूध ल्याउने तीन जना, गुणस्तरीय दूध ल्याउने गाईभैँसीका तीन/तीन जना, समयमा दूध ल्याउने एक जना, मिहेनति एकल महिला एक जना, सफा भाँडामा सफा दूध ल्याउने एक जना र संस्थाबाट नियमित दूध खरिद गर्ने दुई जनालाई सम्मानसहित पुरस्कृत गर्ने निर्णय भएको बताए ।

संस्थाका उपाध्यक्ष भूपराज पाण्डेको स्वागत मन्तव्यसँगै सुरु भएको २४ वार्षिक साधारण सभामा बोल्दै जिल्ला दुग्ध सरकारी संघका अध्यक्ष लेखनाथ पाण्डेले हुनेखाने र गरिखानेका बीच अनुदान वितरणमा भेदभाव भएको बताउँदै दूधको मूल्य बढाए किसानहरूलाई राहत मिल्ने भएपनि लागत मूल्य घटाउन सकेको अवस्थामा सबैलाई राहत मिल्नेतर्फ सरकार केन्द्रित हुनु पर्ने बताए । त्यसैगरी लेखा समिति संयोजक टोपलाल न्यौपानेले लेखापरीक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष गायत्री भुषाले संस्थाका भावि योजनाहरू र संस्थाको आयव्यको बारेमा सभालाई जानकारी गराएकी थिइन ।

लेखा समिति सदस्य माधव काफ्लेको सञ्चालनमा सम्पन्न भएको उक्त साधारण सभाको खुला सत्रमा प्रदेश नं. ५ प्रदेश सभा सदस्य, रमा अर्याल, तिलोत्तमा–१३ का वडा अध्यक्ष गणेश न्यौपाने, संस्थाका सल्लाहकार सदस्य रामचन्द्र पोखरेललगायतले मन्तव्य राख्दै सरकारले उत्पादनमा आधारित अनुदानलाई प्रभावकारी ढंगले सञ्चालन गरी दूधको लागत मूल्य घटाउनेतर्फ जोड दिनुपर्ने बताए ।

दश लाख दुई हजार १५ रूपैयाँसेयर पुँजी रहेकोगत आर्थिक वर्षमा एक लाख ६७ हजार सात सय रूपैयाँ थप गरी ११ लाख ६९ हजार सात सय १५ रूपैयाँ पु-याएको छ । आर्थिक वर्ष २०७५/७६ मा २७ लाख ३३ हजार तीन सय ७५ रूपैयाँ अर्थात् दुई सय ३३ प्रतिशत खुद मुनाफा आर्जन गर्न सफल भएको छ भने तीन सय ५० जना सेयर सदस्यहरूको संख्यामा ५८ जना वृद्धि गरी चार सय आठ पु-याएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com