मेलुङमा वार्षिक एक करोडको आलु उत्पादन

सुवास बस्नेत
दोलखा, कात्तिक ३
दोलखाको मेलुङ गाउँपालिकामा वार्षिक एक करोडको आलु उत्पादन हुने गरेको छ । मेलुङमा उत्पादन गरिएका आलुबाट विभिन्न नयाँ परिकार बनाई पालिकालाई आत्मनिर्भर बनाउने गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले बताए । गाउँपालिकाले दुई दिने आलु महोत्सव पनि गरेको छ । शुक्रबारदेखि सुरु भएको आलु महोत्सवको उद्घाटन प्रदेश ३ सरकारका कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले गरेका थिए । लामाले कार्यक्रमको उद्घाटन गर्दै गाउँघरमा खुलेका स्थानीय सहकारीहरुले ग्रामीण भेगमा कृषि कार्यक्रमहरुमा लगानी गर्नुपर्ने बताए ।

स्थानीयहरुको जीविकोपार्जन गर्न थप सहयोग गर्दै जानुपर्ने बताउँदै मेलुङ आलु उत्पादनको हिसाबले उत्कृष्ट भूमि रहेको बताए । यसैगरी मेलुङमा उत्पादन हुने आलुलाई बजारसम्म पु-याउन सडकको व्यवस्था गरेर कृषकको उत्पादन मूल्यअनुसार बिक्री गर्ने वातावरण बनाउन स्थानीय सरकारलाई आग्रह समेत गरे । उनले प्रदेश सरकारले मेलुङको विकासको लागि सधैँ सहयोग गर्न तयार रहेको बताउँदै आगामी दिनमा प्रदेश सरकारले दिने बजेट कृषि विशेष कार्यक्रमलाई प्राथमिकतामा राखेर दिने बताए ।

मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले गाउँपालिकाबाट वार्षिक एक करोडभन्दा माथिको आलु बिक्री हुने बताए । आगामी दिनमा मेलुङ उत्पादन भएको आलुबाट नयाँ खालका परिकार बजारमा निकालेर मेलुङलाई चिनाउने उनको भनाइ छ । किसानहरुद्वारा उत्पादन गरिएको आलुलाई प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको आलु महोत्सवमा विभिन्न ठाउँ तथा प्रजातिका आलुहरुको प्रदर्शन गरिनुका साथै आलुबाट बनाइने विभिन्न प्रकारका परिकारहरुको प्रदर्शन गरिएको थियो ।

मेलुङलाई आलुमा आत्मनिर्भर बनाउने प्रांगारिक आलु उत्पादन गर्ने र त्यसको संकलन गरी प्रशोधन बिक्री गरी सामूहिक खेती प्रणालीको विकास गरी किसानहरुलाई स्वआर्जन तथा उद्यमशीलतामा वृद्धि गराउने उद्देश्यले मेलुङ आलु महोत्सवको आयोजना गरिएको मेलुङ गाउँपालिका प्रमुख नर बहादुर श्रेष्ठले बताए ।

महोत्सवमा मेलुङका स्थानीय आलुका १२ भन्दा बढी परिकार बनाइएका थिए । मेलुङ गाउँपालिकामा वर्षात् तथा हिउँदको समयमा राम्रो आलु उत्पादन हुँदै आएको छ । वर्षात्को समयमा मात्र मेलुङ गाउँपालिकाले करोडौँको आलु निर्यात गर्दै आएको छ । महोत्सवमा मानिसको बाक्लो उपस्थिति रहेको थियो । महोत्सवमा स्थानीय जातजातिको भेषभुषामा बाजागाजासहितको झाक्री प्रदर्शनी गरिएको थियोे । शुक्रबारदेखि सुरु भएको महोत्सव शनिबार सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com