इश्वरभूमि सहकारीको नाफा एक लाख

दोलखा, कात्तिक १४
दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गे पाइलेमा रहेको इश्वरभूमि बचत तथा ऋण सहकारीले स्थापनाको चौथो वर्षमा आइपुग्दा एक लाख रूपैयाँ नाफा आर्जन गरेको छ । संस्थाका अध्यक्ष सुबास बस्नेतको सभापतित्वमा सम्पन्न साधारणसभामा सञ्चालक समितिका सचिव सिताराम दाहालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी संस्थाका कोषाध्यक्ष ढालबहादुर बस्नेतले कुल ३८ लाख ८१ हजार एक सय ७० रूपैयाँबराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीको सेयर पुँजी दुई लाख ७५ हजार छ सय रहेको छ । तीन सय ६१ जना सदस्य रहेको यस सहकारीले आफ्नो स्थापनाको छोटो समयमा सम्पत्तिमा वृद्धि गर्दै एक लाखको हाराहारीमा नाफा कमाउन सफल भएको छ ।

त्यसैगरी लेखा सुपरीवेक्षणको प्रतिवेदन लेखा संयोजक गोपाल कार्कीले प्रस्तुत गरेका थिए । सहकारी ३१ लाख ९३ हजारबराबरको ऋण लगानी गरेको प्रतिवेदनमार्फत जानकारी गराएका थिए । सहकारीले आफ्नो चौथो साधारणसभाको अवसरमा विभिन्न शीर्षकमा आफ्ना सेयर सदस्यहरूलाई सम्मान समेत गरेको छ । उत्कृष्ट सेयर कर्तामा भावना खड्का, जेष्ठ सदस्य पुरुष जगतबहादुर बस्नेत, महिला रंगकुमारी कार्कीलाई सम्मान गरेको छ । त्यसैगरी सहकारीले नियमित बचतकर्तामा हरिमाया अधिकारी, असल ऋणिमा पबित्र बस्नेत र पूर्वसञ्चालकमा गणेश बस्नेतलगायत जेहेन्दार विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । साधारणसभाको उद्घाटन जिल्ला बचत संघ दोलखा सदस्य पवन दाहालले गरेका थिए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com