भर्ताङको ‘अर्गानिक’ स्याउ काठमाडौंमा

काठमाडौं, कात्तिक १४
मनाङको भर्ताङमा उत्पादन भएको अर्गानिक स्याउको काठमाडौंमा व्यावसायिक कारोबार हुँदै आएको छ । एग्रो मनाङले उत्पादन गरेको स्याउको दशैंको घटस्थापनाबाट काठमाडौंमा व्यावसायिक कारोबार सुरु भएको थियो । ‘हिमालयन फ्रेस’ ब्राण्डको मनाङको स्याउ काठमाडौंमा जिके एण्ड सन्स एग्रो प्रालिले आधिकारिक रुपमा बिक्री सुरु गरेको हो । जिकेले मनाङ अर्र्गािनक स्याउको व्यावसायिक कारोबार सुरु गरेको एक महिना पूरा भएको छ । यसले काठमाडौँको सिता पाइलामा ‘कोल्ड स्टोर’ पनि सञ्चालन गरेको छ ।

मनाङबाट आइपुगेको स्याउ स्टोरमा राखेर मागअनुसार बजारमा पु-याउने गरेको छ । जिकेसँग लिएर काठमाडौँमा भाटभटेनी, बिगमार्टलगायत डिपार्टमेन्ट स्टोरहरुले ठूलो परिणाममा स्याउ बिक्री गर्ने गरेका छन् । जिके ‘हिमालयन फ्रेस’ स्याउको नेपालकै एकमात्रै आधिकारिक बिक्रेता हो । जिकेले एक महिनाको अवधिमा काठमाडौँमा मात्र ८ टन स्याउ बिक्री भएको जिकेका प्रमुख गणेश चालिसेले बताए ।

उनका अनुसार कोल्ड स्टोरबाटै दैनिक एक लाख रुपैयाँको स्याउ बिक्री भइरहेको छ भने मागअनुसार घरघरमै पु-याउने व्यवस्था गरिएको छ । उच्च हिमाली क्षेत्रमा उत्पादन भएको, कुनैपनि विषादी प्रयोग नभएकोले स्याउको माग सोचेभन्दा राम्रो भएको चालिसे बताउँछन् । ‘हामीले दशैंको घटस्थापनाको दिनदेखि व्यावसायिक रुपमा काठमाडौँमा बिक्री सुरु गरेका हौं । छोटै समयमा बजारबाट राम्रो माग आएको छ, यो हामीले सोँचेभन्दा सन्तोषजनक छ’,उनले भने ।

समुद्री सतहभन्दा २५ सयदेखि ३ हजार मिटर उचाईमा उत्पादन भएकोले बजारमा आउने अन्य स्याउभन्दा रसिलो र स्वादिलो हुने भएकोले माग बढेको चालिसे बताउँछन् । मनाङमा केही स्याउ अझै टिप्न बेला नभएको भन्दै चालिसेले अहिले तीन जातीको स्याउ आफूसँग भएको बताए । उनको स्टोरमा फुजी, गाला र गोल्डेन गरी तीन जातका स्याउ छन् । फुजी अझै टिप्ने समय नभएकोले मागअनुसार मात्रै मगाउने गरेको उनको भनाई छ । उच्च हिमाली क्षेत्रमा उत्पादन हुने अर्गा्निक स्याउको स्वाद लिएकाहरुले माग गर्ने गरेको चालिसे बताउँछन् । उनलका अनुसार काठमाडौँमा रहेका बौद्ध गुम्बामा स्याउको माग बढी छ । चिनियाँ वा तिब्बती पर्यटकहरुले समेत अत्याधिक मन पराएका छन् । उनीहरुको माग पनि दिनदिनै बढिरहेको छ ।

नेपालमा उत्पादन हुने स्याउ ‘ग्रेडिङ’ नगरी बजारमा ल्याउने गरिएपनि मनाङ एग्रोले भने सबै स्याउको साइजअनुसार ग्रेडिङ गरेको छ । त्यहीअनुसार मूल्य निर्धारण गरिएको छ । भाटभटेनी, बिगमार्टले जिकेको स्टोरमै पुगेर ठूलो परिणाममा स्याउ उठाउँछन् । त्यस्तै मागअनुसार जिकेले आफै पनि सेवा दिने गरेको छ । बजार प्रमुखसहितको जनशक्ति त्यसको लागि खटिएको छ । अहिले जिकेले काठमाडौँमा रहेको बौद्ध गुम्बाको साथै कलंकी, जडीबुटी, बुद्धनगरलगायतका क्षेत्रमा पनि स्याउ पु-याउँदै आएको छ । त्यस्तै पहिले दशैं तिहारमा कर्मचारीहरुलाई मिठाई बढ्थे चलन थियो । तर, यसपटक भने केही बैंक र सरकारी कार्यालयहरुले दशैं तिहारमा कर्मचारी तथा साथीहरुलाई मनाङको स्याउ बितरण गरेका थिए ।

जिकेले नेपालमात्रै नभएर कतार, मलेसिया र दुबईमा हिमाली फ्रेस ब्राण्डको स्याउ पु-याउने तयारी गरिरहेको छ । ‘नेपालमा सिजन नभएको बेला हामीले कतार, मलेसिया र दुबईमा पु-याउने तयारीमा छौं । उताका व्यवसायी साथीहरुसँग कुरा भइरहेको छ । उनीहरुको माग ठूलो परिणाममा छ, त्यो अनुसार हामीले पु-याउन सक्छौं की सक्दैनौ भन्नेमा हामी छलफल गरिरहेका छौं’, चालिसेले भने । उनले कतारमा हुन लागेको विश्वकपमा समेत नेपाली स्याउ पु-याउने तयारी भइरहेको छ । एग्रो मनाङले भार्ताङमा ७३५ रोपनीमा गरेको स्याउ फर्म दक्षिण एसियाकै ठूलो मानिन्छ । यो वर्ष थप एक लाख स्याउका विरुवा रोप्ने तयारी भइरहेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com