मकैमा देखिएको अमेरिकी फौजी किरा नियन्त्रणमा

केपी खनाल
स्याङ्जा, कात्तिक १९
स्याङ्जाको गल्याङ नगरपालिकामा लगाइएको बेमौसमी मकै खेतीमा देखिएको अमेरिकी फौजी किरा नियन्त्रणमा आएको छ । नगरपालिकाका कृषि प्राविधिकको पहलमा अमेरिकी फौजी किराको प्रकोप नियन्त्रणमा आएको हो । नगरपालिकाका कृषि शाखा प्रमुख शिव ढकालले मकैका बोट कलिलै अवस्थामा भएकाले अमेरिकी फौजी किरा नियन्त्रण गर्न सकिएको बताए । असोज २३ गते शाखा प्रमुख ढकालसहितको टोलीले रोग प्रभावित मकै लगाइएको क्षेत्रमा पुगेर मकैमा लागेको रोग पत्ता लगाइएको थियो । ढकालले मकैमा लागेको रोग अमेरिकी फौजी किरा भएको पत्ता लागेपछि नियन्त्रणको प्रयास भएको बताए ।

नगरपालिकाका कृषि प्राविधिकहरू गिरिराज रेग्मी र सविता पाण्डेले किटनासक विषादी प्रयोग गरेर मकैमा देखिएको फौजी किरा नियन्त्रण गरिएको हो । समयमै अमेरिकी फौजी किराको प्रकोप पहिचान भएकाले नियन्त्रण गर्न सकिएको प्रमुख ढकालले बताए । आगामी वर्ष ‘पुस एण्ड पुल’ पद्दतिबाट मकै लगाई रोग लाग्न नदिने व्यवस्था गरिने उनले जानकारी दिए । ढकालका अनुसार ‘पुस एण्ड पुल’ सिद्धान्तअनुसार नेपियर र डेस्मोडीयम घाँस प्रयोग गरी किरा नियन्त्रण गरिनेछ । उनले भने, ‘मकैको बीचमा डेस्मोडिएम घाँस र ओर पर नेपिएर घाँस लगाउने प्रविधि हुन्छ, जसमा डेस्मोडिएम घाँसको गन्धले किरा मकैबाट पर भाग्छ र वरपर लगाएको नेपिएर घाँसमा अन्डा पार्छ । यसरि मकैमा किराको प्रकोप कम हुन्छ ।’

यसैबीच, गल्याङ नगरपालिका वडा नम्बर सात छाम्माटेमा किसानले लगाएको धानबालीमा देखिएको फौजी किरा पनि नियन्त्रण गरिएको छ । यस ठाउँमा देखिएको जिवाणु अमेरिकी फौजी किरा नभई फौजी किरा मात्रै रहेको कृषि अधिकृत तथा नगरपालिका कृषि शाखा प्रमुख शिव ढकालले जानकारी दिए । कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा दिएको स्याङ्जाको गल्याङ नगरपालिकाले किसानहरूको समस्या समाधानका लागि दक्ष कृषि प्राविधिक तथा पशु प्राविधिकको व्यवस्था गरेको छ । उनीहरू दिनरात तथा बिदाको समयमा पनि किसानको समस्या भएमा परिचालित हुने गरेका छन् । तरकारी खेती, अन्य खेती तथा पशुमा रोग देखिएमा नगरपालिकाबाट तुरुन्तै उपचारको व्यवस्था भएपछि किसानहरू उत्साहित भएका छन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com