दराजको ‘सेल’मा तीन लाख बढी सामानहरुमा छुट

काठमाडौं, कात्तिक २०
अन्लाइन शपिङ साइट दराजले संसारकै सबैभन्दा ठूलो सेल डे ११.११ सेल (एक दिनको सेल) यही कात्तिक २५ गते (नोभेम्बर ११)को मध्यरातबाट सुरु हुने घोषणा गरेको छ । दराजले ११.११ सेलमा तीन लाखभन्दा बढी सामानहरुमा छुट दिने बताएको छ । ११.११ मेगा उपहारमा यामाहा रे जेड आरस्ट्रिट -याली, इन–एप गेमहरु, डेबिट/क्रेडिटमा छुटहरु, शेकशेक, मेगाभाउचरहरु, मिस्ट्री बक्स, कलेक्टिबल भाउचरहरु, दराज साथी, अर्ली बर्ड अफरहरु, बण्डल अफरहरु, फ्लेश सेल लगायत अन्य धेरै अफरहरु पनि रहेको दराजले जनाएको छ ।

कम्पनीका अनुसार छुटाउनै नहुने भनेका बैंकिङ्ग पार्टनरहरुले दिने छुटहरु हुन् । उपभोक्ताहरुले दराजको ५ बैंकिङ पार्टनरहरुको (नबिल, इन्भेस्टमेन्ट, सानिमा, मेगा, स्ट्यान्डर्ड चार्टर्ड) डेबिट र क्रेडिट कार्ड प्रयोग गरी अनलाइन पेमेन्ट गर्दा थप २० प्रतिशत अथवा मेगा सेलमा तीन हजार पाँच सय रुपैयाँसम्मको छुट पाउने कम्पनीले जनाएको छ । दराजका चिफ अपरेटिङ अफिसर बिमल अर्यालले भने, ‘दराजले उपभोक्ताहरुलाई सबैभन्दा राम्रो सेवा प्रदान गर्न धेरै तयारीहरु गरिरहेको छ, र वितरण समय बढ्न सक्नेछ ।’

सेलमा मात्र हुने एक लाख अपेक्षित अर्डरहरुको लागि तयारी गर्न दराजले चार सय थप दराज हिरोहरु तथा ५० जना थप कस्टमर केर एजेन्टहरु थपेको छ ।’ तीन हजार बिक्रेताहरुलाई ११.११ सेलको पूरै लाभ पुगोस् भनेर दराजले बिक्रेताहरुलाई निःशुल्क ट्रेनिङ्ग पनि दिँदै आएको छ । साथै दराजले नेपालभरिका दराज हबहरुमा कलेक्सन पोइन्ट सेवा सुरु गरेको छ ।

नोभेम्बर ११ को दिन चीनमा सिंगल्स डे भनेर त्यस दिन एकलतालाई मनाइन्थ्यो तर अलिबाबाले २००९ मा आफ्नो शपिङ प्लेटफर्म टी मलमा भारी छुट दिने भनेर ११.११ को आयोजना गरेदेखि सबै बदलिएको हो । यो मेगा सेल अहिले विश्वव्यापीरुपमा एक मनोरन्जनात्मक सेल डेको रुपमा अलिबाबासँग सम्बन्धित सबै देशहरु तथा दराजले व्यापार गर्ने देशहरुमा आयोजना हुने गर्दछ । फलस्वरूप अलिबाबाद्वारा अधिग्रहण गरिएपछि दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात् २०७५ कात्तिक २५ गते नेपालमा ११.११ आयोजित गरेको थियो जसले नेपालको अनलाइन क्षेत्रमा ठूलो प्रभाव पा-यो ।

उक्त दिनमा दराजले साधारण दिनभन्दा ८० गुणा बढी व्यापार देखेको थियो साथै दुई लाखभन्दा बढी उपभोक्ताहरु, एक हजारभन्दा बढी बिक्रेता तथा ब्रान्डहरु एकै दिन दराज एपमा जम्मा भएका थिए । यसपालिको ११.११ सेल अझै ठूलो हुने भएको दराजले जनाएको छ । दराजले यसपालि तीन लाखभन्दा बढी सामानहरुमा आकर्षक छुटहरु लिएर आउनेछ । साथै ३.५–४ लाखभन्दा बढी प्रयोगकर्ताहरूको सहभागिता हुने अनुमान रहेको दराजले जनाएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com