‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेसन फाउन्डेसन’बीच सम्झौता

काठमाडौं, कात्तिक २१
‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेसन फाउन्डेशन’ले इ–बिजनेस र आईटी पढेका विद्यार्थीहरुलाई इन्टर्नशिप र रोजगारीको अवसर प्रदान गर्नेसम्बन्धी एक रणनीतिक साझेदारीको घोषणा गरेका छन् । खल्तीका तर्फबाट प्रबन्धनिर्देशक मनीष मोदी र लर्ड बुद्ध एजुकेसन फाउन्डेशनका तर्फबाट अध्यक्ष पंकज जलानले काठमाडौंमा आयोजित एक विशेष समारोहबीच सम्झौतामा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरु गरेका हुन् ।

सम्झौताअनुसार लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा अन्तिम वर्षमा अध्ययनरत तथा कलेजबाट उत्तीर्ण विद्यार्थीहरूले खल्तीमा इन्टर्नशिपका लागि आवेदन दिन सक्नेछन् । छोटो अवधिको इन्टर्नशिप पूरा गरिसकेपछि उनीहरुलाई ‘खल्ती’मा पूर्णकालीन रोजगारी प्रदान गरिनेछ । मुख्यतः खल्तीले विद्यार्थीहरुको कक्षाको पढाइमा बाधा नपुग्ने गरी इन्टर्नशिपका लागि अनुकूल समय प्रदान गर्नेछ । साथै, कलेजसँग परामर्श गरेर परीक्षा तथा महत्वपूर्ण शैक्षिक प्रोजेक्टहरुको समयमा बिदाको पनि व्यवस्था गर्नेछ ।

त्यस्तै, मास्टर डिग्री पढ्न चाहने खल्तीमा कार्यरत कर्मचारीहरुलाई लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ । ‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेसन फाउन्डेसन’बीचको यस प्रकारको सहकार्यले नेपालमा उद्योग र शैक्षिक संस्थाहरुबीच हुनुपर्ने पार्टनरशिपको उदाहरण स्थापित गर्ने र अन्य संस्थाहरुलाई पनि यस प्रकारको सहकार्य गर्न प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ । उक्त सम्झौताबारे बोल्दै खल्तीका प्रबन्ध निर्देशक मनिष मोदीले भने, ‘हामी यो सहकार्य ‘खल्ती’ र लर्ड बुद्ध एजुकेसन फाउन्डेशन’ दुवैका लागि’ विनविन सिचुएसन’ भएको अपेक्षा गरेका छौँ । दुवै संस्थाहरूको एक मुख्य उद्देश्य भनेको नेपालको आईटी उद्योगको विकास गर्नु हो । यस सहकार्यले दुवै संस्थालाई थपउर्जा तथा हौसला प्रदान गर्नेछ भन्नेमा विश्वस्त छौँ ।’

उनले खल्तीमा इन्टर्नशिप गर्न आउने विद्यार्थीहरुलाई प्रभावकारी रुपमा सिक्ने अवसर प्रदान गर्ने पनि बताए । त्यस्तै, लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जलानले भने, ‘खल्ती जस्तो एक प्रतिष्ठित कम्पनीसँग यस प्रकारको रणनीतिक सहकार्य पाउँदा हामी उत्साहित छौँ ।’ लर्ड बुद्ध एजुकेसन फाउन्डेशन विगत २१ वर्षदेखि अनवरत रुपमा सूचना प्रविधिको अध्ययन/अध्यापन गराउँदै आएको देशकै अग्रणी शैक्षिक संस्था हो ।

खल्तीसँगको यस प्रकारको सहकार्य हाम्रा विद्यार्थीहरुलाई एकदमै प्रभावकारी हुने अपेक्षा गरेको पनि उनले बताए । नेपालमा युवा बेरोजगारी बढ्दो समस्याका रूपमा रहेका बेला सूचना प्रविधि उद्योगले भने आफ्ना रिक्तपदपूर्तिका लागि योग्य उम्मेदवार नै नपाउने समस्या झेलिरहेको छ । सहकार्यले उद्योग र विद्यार्थीबीच रहेको उक्त खाडल केही हदसम्म पुर्ने अपेक्षा गरिएको छ । सन् २०१७ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती एक उदीयमान र रुचाईएको पेमेन्ट गेटवे हो ।

स्थापनाको यति छोटो अवधिमै नेपालका ७० भन्दा बढि जिल्लाहरुमा आफ्नो सेवा विस्तार गरिसकेको खल्ती दूरदराजमा रहेको जनसंख्यामाझ डिजिटल भुक्तानी सेवा पु-याउन क्रियाशील रहेको छ । खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक हो । खल्तीमा सीप तथा दक्षता भएका एक सयभन्दा धेरै कर्मचारीहरु कार्यरत छन् । त्यस्तै, सन् १९९८ मा स्थापना भएको लर्ड बुद्ध एजुकेसन फाउन्डेसन नेपालको पहिलो आईटी कलेज हो । आफ्नो स्थापनाको सुरुवातदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस कलेज एक गैरनाफामूलक गैरसरकारी संस्था हो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com