नेपालगञ्जको होटल सोल्टी र गेट भोकेसनको सहकार्यमा व्यावसायिक तालिम

काठमाडौं, कात्तिक २१
गेट कलेजको भगिनी संस्था गेट भोकेसनलले विगत एक दशभन्दा लामो अवधिदेखि नेपालमा विभिन्न किसिमका व्यावसायिक तालिम प्रदान गर्दै आइरहेको छ । अधिक नवीनतायुक्त तालिम कार्यक्रम (मोस्ट इनोभेटिभ ट्रेनिङ प्रोगाम) विधामा विश्वकै प्रतिष्ठित वल्र्ड हस्पिटालिटी अवार्ड पाइसकेको गेट भोकेसनलअन्तर्गत हालसम्म तीन हजारभन्दा बढीले विभिन्न आवधिक तालिम लिइसकेका छन् ।

होटल व्यवस्थापनको व्यावसायिक तालिमका क्षेत्रमा थप नवीनता सिर्जना गर्दै गेट भोकेसनलले पाँचतारे होटल सोल्टीसँग सहकार्य गरेको छ । सोल्टी वेस्टइन्ड प्रिमियरसँगको सहकार्यमा विगत दुई वर्षदेखि गेट भोकेसनले सञ्चालन गर्दै आएको आवधिक प्रशिक्षणको मंगलबार दीक्षान्त कार्यक्रम आयोजना गरिएको भोकेसनले जनाएको छ । विगत दुई वर्षको अवधिमा नेपालगञ्जमा सञ्चालित आवधिक तालिमहरूमा सहभागी १११ जना विद्यार्थी सो अवसरमा दीक्षित भएका थिए ।

नेपालमा पाँचतारे होटलमै ‘अन द जब ट्रेनिङ’ सुविधासहितको होटल व्यवस्थापनसम्बन्धी आवधिक तालिम दिइएको यो पहिलो पटक हो । गेट भोकेसनलका संस्थापक महाप्रबन्धक विवेक पौडलले नेपालमै यस प्रकारको साझेदारी पहिलो भएको बताउँदै यस्तो साझेदारीमा जनशक्ति उत्पादनको मोडललाई अन्य होटलहरूले पनि अनुशरण गर्नुपर्नेमा जोड दिए । उनले यस्तो सफल प्रयोगलाई अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजनासहित पोखरामा समेत तालिम कार्यक्रमहरू आरम्भ भइसकेको बताए ।

भेरी प्राविधिक शिक्षालयका सहायक प्रमुख पारश खड्काले व्यावसायिक शिक्षाले सीपमूलक जनशक्ति विकासमा योगदान दिने भएकाले यसलाई बढीभन्दा बढी उपयोगमा ल्याउने वातावरण बनाउनु पर्ने बताए । यस्तै, सोल्टी होटलका मानव संशाधन विभागका प्रमुख वृजेशकुमार गुप्ताले पाँचतारे होटल पनि शिक्षण–प्रशिक्षणका लागि उपयुक्त थलो हुनसक्छ भन्ने कुरा सोल्टी वेस्टइन्ड प्रिमियरमा गेट भोकेसनलको सहकार्यमा सञ्चालित तालिम कार्यक्रमहरूले पुष्टि गरेको बताए । कार्यक्रममा गेट कलेजका तर्फबाट ताराजंग थापा र सोल्टी वेस्टइन्ड प्रिमियरका तर्फबाट खम्बजंग शाहले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा कदरपत्र प्रदान गरेका थिए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com