श्रम स्वीकृति लिनेको संख्या घट्यो

प्रवीण राउत
काठमाडौं, कात्तिक २२
सरकारले मुलुकमा पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा कामकै खोजीमा युवाहरु विदेश जान बाध्य छन् । देशमा पर्याप्त रोजगारी नहुँदा युवाहरु विदेश जान बाध्य छन् भने अर्कोतर्फ विदेश गएर आएका युवाहरु समेत पुनः कामका लागि भन्दै विदेश जान बाध्य छन् । सल्यान–४ का चित्रबहादुर पुन कामको लागि भन्दै मलेसिया जाने तयारीमा छन् भने रामकोट–४ का दिनेश पुरी तथा दक्षिणकाली ४ का अनिल श्रेष्ठ पुनः कतार र दुवई जाने तयारीमा छन् । पुन, पुरी र श्रेष्ठको एउटै भनाइ छ – मुलुकमा रोजगारी पाउन गाह्रो छ, पाए पनि न्यून आय हुने हुँदा आर्थिक समस्या भोग्नुपर्ने हुन्छ ।

सल्यानका पुनले मुलुकमा काम पाउन गाह्रो र पाइहाले पनि थोरै पैसा पाउने हुँदा विदेश जाने तयारी गरेको बताए । ‘नेपालमा काम पाउनको लागि जुन ठाउँमा पनि आफ्नो मानिस चाहिन्छ अर्थात् चिनजानको मानिस चाहिन्छ, हामीले कसैलाई चिनेको पनि छैन, कसैले काम पनि दिँदैन अनि विदेश नगएर के गर्नु ?’, उनले भने, ‘यहाँ धेरै पढेका मानिसहरुले समेत गाह्रो काम गर्नुपरेको छ अनि आफ्नो शरीरअनुकूल काम पाउन ज्यादै मुश्किल छ ।’

उनले विदेश जाने युवाको संख्यामा कमी आए पनि युवाहरु भने मुलुकमा रोजगारीको व्यवस्था नभएसम्म कामको लागि विदेश गइरहने बताए । विदेशमा काम पाइन्छ तथा विदेशमा काम गर्दा केही रकम जोगिने र परिवार चलाउन सहज हुने भन्दै आफू वैदेशिक रोजगारीको लागि मलेसिया जान तयारीमा लागेको पुनले बताए ।

रामकोटका पुरी भने दुई वर्षअगाडि कतार गएका हुन् । उनले पनि मुलुकमा काम नपाउँदा कामकै लागि भनेर कतार गएको बताए । कतारबाट फर्केका आफ्ना साथीभाइ पनि विदेश गएको बताउँदै युवाहरुको संख्यामा कमी देखिए पनि आफू कामको लागि विदेश जाने पुरीले बताए । ‘केही समय भयो अबको दुई महिनापछि कतार नै फर्किँदै छु’, उनले भने, ‘विदेशमा काम गर्दाको सुरक्षा, काम गरेअनुरुप पारिश्रमिक तथा समयमा पारिश्रमिक पाउनेलगायतका विषयमा सहज छ ।’ 

 

दक्षिणकालीका श्रेष्ठ भने विदेशमा काम गरेर फर्किँदा केही रकम भए पनि जोगाएर ल्याउन सकिने हुँदा वैदेशिक रोजगारी रोजेको बताउँछन् । साउदी अरेबिया, कतार र दुबईमा काम गरेको अनुभव भएका श्रेष्ठ विदेशमा गरिने काम नेपालमा गरिने कामको तुलनामा सहज हुने बताउँछन् । ‘यहाँ जति काम गरे पनि धेरै पैसा पाउन सकिन्न तर त्यहाँ कामअनुसारको पैसा पाइन्छ, त्यसैले विदेश सहज लाग्छ’, श्रेष्ठले भने ।

विविध कारणले गर्दा नेपाली युवाहरु रोजगारीका लागि विदेश जाने गरेको बताए पनि पछिल्लो समयमा भने विदेश जाने युवाहरुको संख्यामा कमी आएको छ ।
चालू आर्थिक वर्ष (२०७६/०७७) को तीन महिनाको समय अर्थात् असोज मसान्तसम्ममा विदेश जानको लागि भन्दै वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिने युवाहरुको संख्या ७० हजारभन्दा बढी रहेको छ । चालू आवको तीन महिना अर्थात् साउन, भदौ र असोजमा गरी ७० हजार आठ सय ४६ जनाले विदेश जानको लागि भन्दै विभागबाट श्रम स्वीकृति लिएका विभागका प्रवक्ता भोलानाथ गुरागाईंले बताए ।

प्रवक्ता गुरागाईंका अनुसार जुन संख्या गत आव (२०७५/०७६) को सोही समयभन्दा ३५ हजार दुई सय आठ जनाले कमी हो । विभागका अनुसार गत आवको सोही अवधिमा एक लाख १० हजार ५४ जना युवाहरुले विदेश जान भनेर श्रम स्वीकृति लिएका थिए । चालू आवको तीन महिनामा ६८ हजार दुई सय ४७ जना पुरुष र छ हजार पाँच सय ९९ जना महिला गरी कुल ७४ हजार आठ सय ४६ जना युवाहरुले विदेशमा काम गर्नका लागि जाने भन्दै विभागबाट श्रम स्वीकृति लिएका हुन् ।

यस्तै गत आवको सोही समयमा एक लाख दुई हजार पाँच सय ६२ जना पुरुष र सात हजार चार सय ९२ जना महिला गरी कुल एक लाख दश हजार ५४ जना युवाहरुले विभागबाट श्रम स्वीकृति लिएका थिए । चालू आवको पहिलो महिना अर्थात् साउनमा मात्र १५ हजार ६४ जना पुरुष र दुई हजार तीन सय सात जना महिला गरी कुल १७ हजार तीन सय ७१ जना युवाहरुले विभागबाट श्रम स्वीकृति लिएका छन् भने भदौमा ३५ हजार पाँच सय ७६ जना पुरुष तथा तीन हजार एक सय २८ जना महिला गरी कुल ३८ हजार सात सय चार जना युवारुले श्रम स्वीकृति लिएका थिए । असोजमा १७ हजार छ सय सात जना पुरुष तथा एक हजार एक सय ६४ जना महिला गरी कुल १८ हजार सात सय ७१ जना युवाहरुले श्रम स्वीकृति लिएका छन् । 

गत आवको साउनमा भने ३३ हजार तीन सय ६० जना पुरुष तथा दुई हजार सात सय तीन जना महिला गरी कुल ३६ हजार ६३ जना युवाहरुले विभागबाट श्रम स्वीकृति लिएको पाइएको छ । भदौमा २९ हजार चार सय ३६ जना पुरुष तथा दुई हजार ५२ जना महिला गरी कुल ३१ हजार चार सय ८८ जना युवाहरुले श्रम स्वीकृति लिएका थिए । असोजमा भने ३९ हजार सात सय ६६ जना पुरुष तथा दुई हजार सात सय ३७ जना महिला गरी कुल ४२ हजार पाँच सय तीन जना युवाहरुले श्रम स्वीकृति लिएका थिए ।

यस्तै कोरिया जाने युवाहरुको संख्या भने चालू आवको साउनमा ३२ हजार पाँच सय ७७ जना, भदौमा एक हजार एक सय ४३ जना र असोजमा सात सय ११ जना रहेको छ । मुलकमा रोजगारी नहुँदा विदेश जाने युवाहरुको प्रमु्ख समस्या भने विना सीप विदेश जानु रहेको पाइन्छ । युवाहरु सीपविना नै विदेश जाने गरेको सरोकारवालाहरु बताँउछन् । विना सीप विदेश जाँदा नेपाली कामदारहरु असहज वातावरणमा काम गर्न बाध्य भएको उनीहरुको भनाइ छ ।

गत आवभरिमा उच्च सीप भएका दुई सय १० जना युवाहरु विदेश जान भनेर विभागबाट श्रम स्वीकृति लिएको पाइन्छ । काम जान्ने युवाको संख्या सात सय ८७ जना, मध्यम सीप भएका युवा ४२ हजार सात सय ८४ जना र सीप भएका युवा एक लाख ७९ हजार छ सय एक जना रहेका छन् । त्यस्तै, विना सीप भएका दुई लाख ८५ हजार चार सय ४५ जना युवाले कामको लागि विदेश जाने भन्दै विभागबाट श्रम स्वीकृति लिएको पाइन्छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com