वालिङले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

 

 

केपी खनाल
वालिङ, कात्तिक २२
स्याङ्जाको वालिङ नगरपालिकाले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरी परीक्षा उत्तीर्ण गराउने उद्देश्यले अभियानको थालनी गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । ‘नगरभित्रका शिक्षित युवा युवतीहरुलाई लक्षित गरिएको यस अभियानमार्फत शैक्षिक बेरोजगारी हटेर जाने छ भने नेपाल सरकारका विभिन्न परीक्षाहरुमा यहाँको जनशक्ति उत्कृष्ट भई सरकारी सेवामा कार्यरत हुनका लागि सघाउ पुग्ने विश्वास लिएको छु’, नगर प्रमुख खाँणले भने । नगरभित्र रहेका शैक्षिक बेरोजगार जनशक्तिका लागि लोक सेवा आयोगको तयारीका लागि टाढा–टाढा जानुपर्ने बाध्यता हटेर जाने र आफ्नै ठाउँमा निःशुल्क अध्ययन गर्न पाउने भएकाले पनि इच्छुकहरुका लागि उपयोगी हुने नगर प्रमुख खाँणको भनाइ थियो ।

‘पहिलो चरणमा हामीले निःशुल्करुपमा अधिकृत र नायब सुब्बाको तयारीका लागि कक्षा सञ्चालनको प्रक्रिया थालेका हौं’, नगरप्रमुख खाँणले भने, ‘आगामी दिनमा बैंकिङ, नेपाल प्रहरी, नेपाली सेनामा प्रवेश गर्नका लागि गर्नुपर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्ने तयारीमा छौं ।’ अधिकृत र नायब सुब्बाका लागि मंसिरको पहिलो हप्ताबाट तीन–तीन महिना अवधिका तयारी कक्षाहरु सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बताए । ‘तयारी कक्षा सञ्चालनका लागि काठमाडौं, पोखरा तथा वालिङमै लामो समयसम्म अनुभव प्राप्त प्रशिक्षकहरुमार्फत वालिङमै निःशुल्क कक्षा सञ्चालन गर्छौँ’, अधिकृत सुवेदीले भने । लोक सेवा आयोगको तयारी कक्षामाा लागि कक्षा १२ उत्तीर्ण गरेको, ३५ वर्ष ननाघेको पुरुष र ४० वर्ष ननाघेको महिलालाई सहभागी बनाइने अधिकृत सुवेदीले बताए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com