भक्तपुरमा क्युएफएक्स सिनेमाको नयाँ मल्टिप्लेक्स

 

 

 

भक्तपुर, कात्तिक २२
सिनेमा चेन क्युएफएक्स सिनेमाजले भक्तपुरमा आफ्नो पहिलो मल्टिप्लेक्स ठिमीको भाटभटेनीमा लन्च गरेको छ । रिगल सिनेमा प्रालिको लगानी रहेको यस हलमा टिम कोईस्टको व्यवस्थापन रहने बताइएको छ । नयाँ निर्माण गरिएको थिएटर भक्तपुरको ठिमी स्थित भाटभटेनी सुपरमार्केटको पाँचौं तल्लामा रहेको छ । थिएटरमा डिफ्थ क्यूथ्रीडी टेक्नोलोजीको प्रयोग गरिएको छ । जुन आफ्नो क्षेत्रमा विश्वव्यापी लिडरको रुपमा रहेको छ ।

 

यसका साथै तीनवटै स्क्रिनहरुमा डब्बी एटमस साउण्ड टेक्नोलोजी प्रयोग गरिएको छ । पहिलो पल्ट क्युएफएक्स सिनेमाजको थिएटरमा रिक्लिनर सिटहरुको व्यवस्था गरिएको यो नयाँ मल्टिप्लेक्समा जम्मा ७०२ सिट क्षमता रहेको छ । यसमध्ये ४० वटा रिक्लिनर सिट रहेका छन् । क्युएफएक्सले नयाँ चेनमा आफ्नो मोबाइल एप र लोयाट्ली प्रोग्राम ‘गोजी’ पनि जारी राखेको छ । साथै क्यासलेस ट्रान्सेक्सनको लागि अनलाइन टिकेटिङ सुविधा पनि उपलब्ध रहेको छ ।

 

यो नयाँ मल्टिप्लेक्समा किचेनसहितको फुड कोर्टमा ताजा खानाहरु पनि उपलब्ध हुनेछ । नयाँ मल्टिप्लेक्सको इन्टेरियर निकै नै आधुनिक तथा एलिगेस्ट रहेको छ । यो नयाँ तीन स्क्रिनको मल्टिप्लेक्स सञ्चालनसँगै क्युएफएक्स सिनेमाजको जम्मा स्क्रिन संख्या २३ पुगेको छ । रिगल सिनेमा प्रालिले नेपालका दुई अरु लोकेसनहरुमा पनि चेन विस्तार गर्ने घोषणा गरेको छ । यसमध्ये बुटवलको भाटभटेनी सुपरमार्केटमा दुई स्क्रिनहरु र विराटनगरको भाटभटेनी सुपरमार्केटमा दुई स्क्रिनहरु पनि तुरुन्तै सञ्चालनमा आउनेछन् ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com