शाओमीद्वारा नेपालमा पाँचौं आधिकारिक सर्भिस सेन्टर सुरु

 

 

 

 

काठमाडौं, कात्तिक २२
शाओमी ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा आफ्नो पाँचौं आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । कम्पनीले नारायणघाट बिहीबार पाँचौं सर्भिस सेन्टरको घोषना गरेको हो । शाओमीले दुई महिनाको अवधिमा धेरै सर्भिस सेन्टरहरु सञ्चालनमा ल्याएको छ । अन्य सर्भिस सेन्टरहरु काठमाडौं, नेपालगञ्ज र इटहरीमा रहेका छन् ।

 

ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा बिक्रीपछिको सेवा सञ्जाल विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ । यस अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, ‘शाओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्याउन केन्द्रित छौं ।’ शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ भएकाले बिक्रीपछिको सेवा र ग्राहक सेवाप्रतिको प्रयास कार्यान्वयन गर्न जारी राख्ने कम्पनीले जनाएको छ ।

 

यस्ता प्रयासले कम्पनीलाई नेपाली ग्राहक र एमआई फ्यानहरुको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र हामीलाई देशभर बढ्न मद्दत पु¥याउने कम्पनीको भनाइ छ । ‘हामीले आशा गरेका छौं कि यो नयाँ सर्भिस सेन्टरले नेपालभरका हाम्रा सबै प्रयोगकर्ताहरुलाई उच्च गुणस्तरीय सेवा पुर्याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ’, उनले भने ।

 

यी सर्भिस सेन्टरहरु सञ्चालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको कम्पनीको भनाइ छ । सर्भिसको टर्नअराउन्ड समयमा उल्लेखनीय गिरावटसँगै पर्याप्त पहुँच योग्यताले कम्पनीलाई नेपालमा एमआई फ्यानहरुप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com