‘बलियो नेपाल’ बनाउन निजी क्षेत्रद्वारा प्रतिबद्धता

 

 

 

 

काठमाडौं, कात्तिक २२
‘बलियो नेपाल’ कुपोषण विरुद्धको अभियानलाई सफल बनाउन सहयोग गर्ने निजी क्षेत्रले प्रतिबद्धता जाहेर गरेको छ । व्यवसायीहरुको समुहले यस अभियानमा आफ्नो संलग्नता जनाउँदै देशमा व्याप्त चिरकालिक कुपोषणलाई न्यून गर्ने बलियो नेपालको प्रयासमा सधैँ साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । यो यसप्रकारको पहिलो कार्यक्रम थियो, जहाँ खाद्य सम्बद्ध र खाद्य असम्बद्ध कम्पनीहरु दुवैले अभियान प्रति प्रतिबद्धता व्यक्त गरेका छन् ।

बलियो नेपालसँग आबद्धता जनाउने निजी क्षेत्रका पहिलो साझेदारहरुमा प्रमुख खाद्य निर्माताहरु, सेवा क्षेत्रका कम्पनीहरु र उत्पादकहरु समाविष्ट छन् । मेगा बैंक, निम्बस होल्डिङ्गस्, ठमेल रेमिट, र त्रिवेणी इन्जिनियरिङ जस्ता विविध क्षेत्रका व्यवसायीहरुले लुकेको भोक विरुद्धको अभियानमा समर्थन गर्ने कटिबद्धता व्यक्त गर्दै राष्ट्र सम्पन्न बनाउन यो पहलकदमीले सहयोग गर्ने भएकोले यसमा सहभागी हुन आफूहरुको रुची रहेको समेत पुष्टि गरेका छन् ।

अन्नपूर्ण होटलमा बुधबार आयोजित उक्त समारोहमा बलियो नेपालका अध्यक्ष डा.स्वर्णिम वाग्लेले कुपोषण विरुद्धको लडाईंमा यो समझदारी पत्र एउटा कोसेढुँगा पाइला भएको बताए । डा.वाग्लेले अगाडी भने, ‘नेपाल अग्रणी राष्ट्र बन्न पुगेको छ जहाँ निजी क्षेत्रले समेत यस दिशामा अग्रसर देखाएर सरकारले लिएको कुपोषण विरुद्धको लडाईंको जारी पहलकदमीमा हातेमालो गरेका छन् ।’ बलियो नेपाल सकारात्मक यस अर्थमा छ कि यस किसिमको साझेदारीले नयाँ क्षितिजको शुरुवात् हुनेछ जहाँ निजी क्षेत्रले यो अभियान प्रति सच्चा समर्थकर्ताको भूमिका निर्वाह गर्न सक्छन् ।

बिएलसि र के एल दुगड ग्रुपले संयुक्त रुपमा बलियो नेपालसँग मिलेर ६ महिनादेखि २४ महिनासम्मका शिशुहरुका लागि लिटो शुरुवात् गर्नेछ, जसबाट उनीहरुले पर्याप्त पौष्टिक आहार प्राप्त गर्नेछन् । अविनाश फार्मस् र श्रीनगर एग्रो फार्मले यो साझेदारीको साथ उनीहरुद्वारा उत्पादित अण्डा नेपालभर व्यापक रुपमा उपलब्ध गराउनेछन् । अन्य व्यवसायीहरुले यो बलियो नेपाल पोषण प्रवर्द्धन कार्यक्रमहरुलाई प्रत्यक्ष रुपमा सहयोग गर्र्नेे प्रतिबद्धता व्यक्त गरेका छन् ।

नबिल बैंकका सीईओ र बलियो नेपाल सञ्चालक सदस्य अनिल शाहले भने, ‘हामी नेपाली व्यवसायहरुको भोकको चाहनाद्वारा आह्लादित भएका छौं जसले अर्को पुस्तालाई सम्भव भएसम्मको उत्कृष्ट भविष्य दिनलाई हाम्रो सपना साझा गरेका छन् ।’ प्रत्येक बच्चा सगरमाथा जत्तिकै बलियो भइदिएको भए नेपालीको भविष्य कस्तो हुने थियो भन्दै उनले यो अभियान कुपोषणसँग मात्र सम्बन्धित नरहेको बताए । ‘यो नेपालको एक सामूहिक सपनाहरुको चिन्तन हो’, उनले भने, ‘पक्कै पनि, सबै चिजको सुरु सही पोषणबाटै हुन्छ । हामी सबै मिलेर बनाउनेछौं बलियो नेपाल ।’

बिल एण्ड मेलिन्दा गेट्स फाउण्डेसनमा पौष्टिकताको लागि निजी क्षेत्रसँगको साझेदारी विकासका उप निर्देशक कमेल चिडा पनि उक्त समारोहमा उपस्थित थिए । कार्यक्रममा उनले भने, ‘बलियो नेपालको लक्ष्य एक त्यस्तो भविष्य हो जहाँ हरेक नेपालीबालबालिका उनीहरुको पूर्ण सम्भाव्यताका साथ बढ्न सक्छन् र तिनीहरु सँगसँगै यो देश पनि । यो एउटा ठूलो चुनौती हो र बहत् अवसर पनि ।’ उनले अभियानलाई सार्थक बनाउने कार्यको जग बसाल्न प्रेरणादायी एवं प्रतिबद्ध साझेदारहरुको टिम रहेको बताए ।

झण्डै एक दर्जन कम्पनीहरुले कार्यक्रममा सहभागिता जनाएका छन् । बलियो नेपालसँग हरेकले बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यसरी हस्ताक्षर गर्नेमाः अविनाश फार्मस् प्रा.लि., भुरामल लुनकरणदास कँग्लोमेरेट (बीएलसी), हिमालयन बैंक लिमिटेड, केएल दुगड ग्रुप, मेगा बैंक नेपाल लिमिटेड, नबिल बैंक लिमिटेड, निम्बस होल्डिङ्ग्स प्रालि, क्युएफएक्स (टिम क्वेस्ट), श्रीनगर एग्रोफार्म प्रालि, अविनाश फाम्र्स प्रालि, ठमेल रेमिट र त्रिवेणी ग्रुप रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बलियो नेपाल पहलको गत हप्ता औपचारिक रुपमा शुभारम्भ गरिएपश्चात् कुपोषणविरुद्धको चौतर्फी साझा लडाइँमा निजी क्षेत्रबाट पनि साथ पाइएको अभियानले जनाएको छ । 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com