अचानक बढेको वायु प्रदूषण अनुसन्धान गर्न श्रीलंकाले डब्लुएचओ गुहा-यो

कोलम्बो, कात्तिक २२
श्रीलंकाको राज्य सञ्चालित केन्द्रीय वातावरण प्राधिकरणले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई राजधानी कोलम्बोलगायतका भागहरूमा एक्कासि तथा अनपेक्षित प्रदूषण बढ्नुको कारण पत्ता लगाउन अनुरोध गरेको छ । मंगलबारदेखि श्रीलंकाको वातावरणमा एक्कासि अत्यधिक धुलोका कण (वायु प्रदुषण) वृद्धि भएको भन्दै बिहीबार गरिएको पत्राचारमार्फत आफूहरूले श्रीलंकाको मौसम विज्ञान विभाग तथा डब्लुएचओलाई प्राधिकरणका उप–महानिर्देशक के एच एम आराच्चीले जानकारी गराए ।

बुधबार मध्यान्न श्रीलंकाको वायुको गुणात्मक अवस्था (एक्यूआई) प्रदुषणको घेराभन्दा माथि अर्थात् ११२ अंकमा पुगेको राष्ट्रिय भवन तथा अनुसन्धान संगठन (एनबीआरओ)ले देखाएपछि स्थानीय पत्रपत्रिका तथा सामाजिक सञ्जालमा यसको चर्चा चुलिएको थियो ।

एनबिआरओका वातावरण अध्ययन एकाइका वरिष्ठ वैज्ञानिक सारथ प्रेमसिरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले मुलुकका कैयौँ भागमा एक्यूआईको तह १७३ अंकभन्दा माथि पुगेको र मध्यान्नमा १६५ मा झरेको उल्लेख गरी समाचार सम्पे्रषण गरेका थिए । एक्यूआई सामान्य रहँदा उक्त घेरा ५० अंकभन्दा तल रहने गर्छ । नयाँ दिल्लीमा बढेको वायु प्रदुषणको प्रभाव श्रीलंकामा परेको हुनसक्ने भए पनि एक्कासि देखिएको प्रदूषण अनुसन्धानको विषय हुनुपर्ने र कारणहरू खोजी भइरहेका प्रेमसिरीले बताए । (रासस/सिन्ह्वा)


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com