चीन–अमेरिका व्यापारिक तनाव हट्ने संकेत

निश्चित अवधिमा कर हटाउन सहमत भयौं : चिनियाँ वाणिज्य मन्त्रालय

बेइजिङ, कात्तिक २२
चीन र अमेरिका निश्चित समयावधि तोकेर एकअर्का देशका वस्तुविरुद्ध थप गरिएको भन्सार कर हटाउन सहमत भएका छन् । महिनौँ लामो व्यापार युद्धको अवस्थापछि दुवै देशले उक्त निष्कर्ष निकालेको चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ । यद्यपि समयतालिकाबारे भने केही भनिएको छैन । यसलाई दुई देशबीच भएको अन्तरिम व्यापार सम्झौताका रुपमा हेरिएको रोयटर्सले जनाएको छ । चीनको यस्तो भनाइपछि डिसेम्बर १५ मा अमेरिकाले १ खर्ब ५६ अर्ब अमेरिकी डलरका चिनियाँ वस्तुमा कर थप्ने प्रस्तावित योजना रद्द गर्ने अपेक्षा गरिएको छ । चिनियाँ मन्त्रालयका प्रवक्ता गाओ फेंगले कर रद्दको निर्णय व्यापार सम्झौताको लागि महत्वपूर्ण हुने बताउँदै दुवै देशले पहिलो चरणमा भएको सम्झौताअनुसार कर रद्द गर्नलागेको जानकारी दिए ।

‘व्यापार युद्ध करसँगै सुरु भएको थियो, अब यो रद्द गर्नैपर्छ’, गाओले नियमित पत्रकार सम्मेलनमा भने । यसलाई दुई देशबीच भएको पहिलो सम्झौताका रुपमा हेरिएको छ । तर कति वस्तुमा लगाइएको कर रद्द गर्ने भन्ने विषया आपसी छलफलबाट तय हुने उनले बताए । ‘फरक अवधिमा कर रद्द गर्न दुवै देश सहमत भएका छन् र यसमा प्रगति पनि भएको छ’, उनले भने । यसको समयतालिकाबारे भने उनले केही पनि बताएनन् ।

यसले व्यापारिक वृत्तमा आशाको सञ्चार गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले बिहीबार जनाएको छ । विकसित घटनाक्रमसँगै चिनियाँ भन्सार कार्यालय र कृषि मन्त्रालयले अमेरिकी पोल्ट्री आयातमा लगाएको प्रतिबन्ध फुकाउने तयारी गरेको छ । चीनले पूरै अमेरिकी पोल्ट्री र अण्डा सन् २०१५ को जनवरीदेखि नै प्रतिबन्ध लगाउँदै आएको छ । कर रद्द गर्ने चीनको पछिल्लो निर्णयसँगै युरोपेली सेयरबजार बिहीबार चार वर्षयताकै उच्च दरमा बढेको छ ।

यसअघि नै चिनियाँ छलफलमा सहभागीहरुले अमेरिकाले सेप्टेम्बर १ देखि १ खर्ब २५ अर्ब डलरबराबरका वस्तुमा लगाएको १५ प्रतिशत कर रद्द गरोस् भन्ने चाहेको स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । चीनले सबै वस्तुमा थोपरिएको कर अमेरिकाले जतिसक्दो चाँडो हटाओस् भन्ने चाहेको छ । पहिलो चरणको सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिंगले यसै महिना हस्ताक्षर गर्ने भनिए पनि ठाउँको टुंगो लागिसकेको छैन । यही नोभेम्बरको मध्यतिर चिलीमा आयोजना हुने भनिए पनि रद्द भएको एसिया प्रशान्तका नेताहरुको सम्मेलनमा दुई देशले व्यापार सम्झौतामा हस्ताक्षर गर्ने बताइएको थियो । उक्त सम्मेलन नै रद्द भएपछि सो कार्यक्रमलाई असर पुगेको थियो ।

रोयटर्सले सम्झौतामा हस्ताक्षरको लागि लण्डनलाई मुख्य मानेको बताएको छ । आउँदो डिसेम्बर ३ र ४ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नाटो सम्मेलनमा जाने भएकाले लण्डनमा सम्झौतामा हस्ताक्षर हुनसक्नेछ । सन् २०१७ मा ट्रम्पले कार्यभार सम्हालेयता चीनमाथि व्यापारमा दबाब सृजना गर्दै आएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com