दोलखामा अब अफ सिजनमा पनि किबी पाइने 

सुवास बस्नेत
दोलखा, कात्तिक २४
किबी खेतीका लागि प्रकट क्षेत्र मानिएको दोलखा जिल्लाको भीमेश्वर नगरपालिका ८ बोचबाट मात्रै वार्षिक ३० टन किबी उत्पादन हुँदै आएको छ । करिब पाँच वर्ष अघिबाट सुरु गरिएको किबी खेती छोटो समयमा जिल्लाभर फैलिएर उत्पादनमा झन् वृद्धि हुँदै गएको छ । हिमाली जिल्ला दोलखाको ५ स्थानीयतहमा किबी खेती हुँदै आएको छ । उत्पादनको हिसाबले प्रकट ठाउँ मानिएको बोचमा यस वर्षदेखि किबीलाई सुरक्षित भण्डारण गरेर अफ सिजनमा पनि बिक्री गर्ने गरी छुट्टै कोल्ड स्टोर निर्माण सुरु गरिएको छ ।

किबीको पकेट क्षेत्र भीमेश्वर नगरपालिका–८, बोचमा चार करोड २२ लाखको लागतमा किबीको छुट्टै कोल्ड स्टोर निर्माण सुरु गरिएको हो । अघिल्लो आवमा करिब ३० टन किबी उत्पादन भएको बोचलाई पकेट क्षेत्र मानेर प्रदेश ३ सरकारको मुख्य लगानीमा छुट्टै कोल्ड स्टोर निर्माण सुरु गरिएको तिलोत्तमा हिमाली फुड प्रोडक्सन एन्ड रिसर्च सेन्टरकी सञ्चालक उषा थापाले जानकारी दिइन् । भीमेश्वर नगरपालिकाका वडाहरु एक, दुई, तीन, छ, सात, आठ र नौ वडामा विभिन्न फर्म तथा कृषकले व्यावसायिक रूपमा किबी खेती गरिरहेका छन् ।

प्रदेश ३ सरकार, भीमेश्वर नगरपालिका तथा तिलोत्तमा हिमाली फुड प्रोडक्सन एन्ड रिसर्च सेन्टर प्रालिको संयुक्त लगानीमा कोल्ड स्टोर निर्माण सुरु गरेको रिसर्च सेन्टरकी सञ्चालक थापाले बताइन् । कोल्ड स्टोर निर्माणका लागि कुल लागतको ७० प्रतिशत प्रदेश ३ सरकारले उपलब्ध गराउने र बाँकी ३० प्रतिशतमध्ये १५ प्रतिशत भीमेश्वर नगरपालिका तथा १५ प्रतिशत रिसर्च सेन्टरले लगानी गर्ने सञ्चालक थापाको भनाइ छ ।

कोल्ड स्टोरमा एकैपटक दुई सय टन किवी भण्डारण गर्न सकिने क्षमता रहेको उनले बताइन् । किबीको ग्रेडिङ, प्याकेजिङ, बजारीकरण गर्ने तथा यसबाट उत्पादन हुने जुस, वाइनलगायत अन्य वस्तु उत्पादन गर्ने योजनामा रहेका स्थानीयलाई कोल्ड स्टोर निर्माणले थप मद्दत पुग्ने किबी कृषकको भनाइ छ । कोल्ड स्टोर निर्माण सम्पन्न भएपछि तत्काल एक सय टन किबी भण्डारण तथा बाँकी अन्य फलफूल र कृषि उपज भण्डारणका लागि प्रयोग गरिने बताइएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com