नेपाली स्वाद फुडट्रेक्स लण्डनमा

काठमाडौं, कात्तिक २४
संयुक्त अधिराज्यको लन्डन सहरमा नोभेम्बर ४ देखि ६ २०१९ सम्म आयोजना भएको विश्व पर्यटन बजार डब्लुटीएम पर्यटन मेलामा नेपालको सहभागिता सफलतापूर्वक सम्पन्न भएको छ । संसारकै ठूलो पर्यटन मेलामध्येको एक यस मेलामा नेपालको सहभागितालाई नेपाल पर्यटन बोर्डले नेतृत्व गरेको थियो । यसमा ३६ नेपाली ट्राभल कम्पनीहरुले सक्रिय सहभागिता जनाएका थिए । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गरेका थिए ।

यो मेलाको ४०औँ संस्करणमा १ सय ८० भन्दा बढी गन्तव्यस्थलहरुको सहभागिता रहेको थियो । नेपाल भ्रमणभन्दा पनि पहिले विदेशीहरुलाई नेपाली स्वाद पस्किने कार्यक्रम नोभेम्बर ३ मा आयोजना गरिएको थियो । नेपाल पर्यटन बोर्डको नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यबमोजिम आयोजित लण्डन फुडट्रेक्स कार्यक्रममा नेपाली खानाहरु फाँडो, चुकौनी, मम, दाल र सिकर्नी सहभागीहरुलाई खान दिइएको थियो ।

मन्त्री योगेश भट्टराईले नेपाली स्वाद लण्डनको फुडट्रेक्समा पस्किन पाउनु गौरवको विषय भएको बतए । नेपाल हिमालहरुको देश, विविध संस्कृतिको संगमस्थलका रुपमा परिचित हुँदै आएकोमा अबका दिनमा नेपाली मौलिक परिकारहरुले चिनाउने अभियानमा लागेको बताए । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नोभेम्वर ६ मा आयोजित एसियामा खाना पर्यटनमा भएको नविन सोच विषयक प्यानल डिस्कसन कार्यक्रममा सहभागी हुँदै नेपाली खानाले पर्यटकमा अमिट छाप छोड्ने हुँदा यसको प्रवद्र्धनमा बोर्ड जुटेको बताए ।

नोभेम्बर ५ मा नेपाली दूतावास लण्डनमा नेपाल भ्रमण वर्षको विशेष कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विश्व प्रसिद्ध पर्वतारोहीहरु, बेलायती टुर अपरेटरहरु, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । १४ पटक सगरमाथा आरोहण गर्ने केन्टोन कुल, पहिलो बेलायती महिला आरोही रेबेक्का स्टेफन्स, पाटा कार्यकारी प्रमुख मारियो हार्डी लगायतले कार्यक्रममा नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहभागीहरुलाई अनुरोध गरेका थिए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अर्थतन्त्रको महत्वपूर्ण वित्तीय संस्था बन्न चाहन्छौें

२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा...

प्रकाश पौडेल प्रमुख कार्यकारी अधिकृत शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि., बुटवल, रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com