शरद ऋतुमा हिमाल आरोहणबाट छ करोड बढी राजस्व सङ्कलन

सोलुखुम्बु, कात्तिक २४
देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट शरद ऋतुमा छ करोड ४० लाख ८८ हजार ८४ रुपैयाँ रोयल्टी संकलन भएको छ । ६२ देशका एक हजार १६२ आरोहीबाट उक्त रोयल्टी संकलन भएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९१५ र महिला २४७ जना रहेका छन् । आरोहीले शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए ।

जसमध्ये सबैभन्दा बढी २७ समूहका ३१६ जनाले आमादब्लम हिमालको आरोहण अनुमति लिएका छन् । जसबाट एक कारोड ४० लाख ३६ हजार ३०० रुपैयाँ रोयल्टी संकलन भएको छ । सबैभन्दा बढी रोयल्टी मनास्लु हिमाल आरोहण अनुमतिबाट संकलन भएको छ । मनास्लु हिमाल आरोहण अनुमतिबाट दुई करोड ७० लाख ८५ हजार ६ सय रुपैयाँ राजस्व संकलन भएको विभागले जानकारी दिएको छ ।

मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २६४ जनाले अनुमति लिएका छन् । त्यसैगरी धौलागिरि हिमाल आरोहणबाट ३२ लाख ८ हजार ५ रुपैयाँ रोयल्टी संकलन भएको छ । उक्त हिमाल आरोहणका लागि तीन समूहका ३१ जानले अनुमति लिएका छन् । थापा पिक आरोहण अनुमतिबाट ११ लाख ८९ हजार ३१२ रुपैयाँ संकलन भएको छ ।

वसन्त ऋतुमा आरोहीको घुइँचो लाग्ने सगरमाथा आरोहणको लागि शरद ऋतुमा दुई समूहका १० जनाले मात्र अनुमति लिएका थिए । उनीहरुबाट ६३ लाख ११ हजार ८०० रुपैयाँ रोयल्टी संकलन भएको छ । लामो समयपछि शरद ऋतुमा सगरमाथा आरोहणका लागि अनुमति लिएको भए पनि सफल हुन नसकेको निरौलाले बताए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com