काठमाडौं, कात्तिक २५
जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका ९ काँडाघारीमा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । उक्त सेवा केन्द्रको कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा तथा संस्थाका अध्यक्ष रामप्रसाद आर्चाय, उपाध्यक्ष कृष्णबहादुर थपलिया, सचिव तथा प्रमुख कार्यकारी सञ्चालक हेमबहादुर कार्कीले संयुक्तरूपमा उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा नगरपालिकाकी कार्यपालिकीय सदस्य कला, वडा नं. ९ का अध्यक्ष कुन्दन खड्कालगायत सेयर सदस्य तथा स्थानीय गरी सात सयभन्दा बढीको उपस्थिति रहेको थियो । सेवाकेन्द्र सञ्चालनको अवसरमा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो । संस्थाका कार्यकारी सञ्चालक हेमबहादुर कार्कीका अनुसार संस्थाले हाल न्यूरोड, मैतिदेवी र काडाँघारीबाट सेवा प्रदान गर्दै आएको छ ।
संस्थामा ७५ जना कर्मचारी आबद्ध भएको बताउँदै कार्कीले संस्थाले १० वर्षको अवधि पार गर्दासम्म कुल कारोबार एक अर्ब ३८ करोड पु¥याई ९५ करोड निक्षेप सङ्कलन गर्न सफल भएको बताए । उनले भने, ‘सहकारीको संख्या धेरै भए पनि हामीले आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय कार्यमा ध्यान दिएका छौँ ।’
संस्थाले गत कात्तिक २ गते काँडाघारी क्षेत्रमा २६ वटा टोल सुधार समितिको सहभागितामा सरसफाइ अभियान सम्पन्न गरिएको कार्कीले जानकारी दिए । संस्थाका अध्यक्ष रामप्रसाद आचार्यले संस्थाले गाँउ र सहर जोड्ने उद्देश्यले कागेश्वरी मनहरामा सेवाकेन्द्र सुरु गरिएको बताए । उनले भने, ‘हामीले आम नागरिकको, सेयरधनीको विश्वास जित्ने काम गरेका छौँ । त्यसकारण सदस्यहरू बढ्दै गएका छन् ।’
सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...
आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।
Setodewal Marg, Kupondole, Lalitpur
Tel : +977-1-5554236
Fax : +977-1-5523181
Email : aarthik.dainik@gmail.com
Marketing Email : marketing.arthikdainik@gmail.com