काठमाडौं, कात्तिक २५
मौसम परिवर्तन भएर चिसो बढेसँगै शान्ति हस्पिटालिटी म्यानेजमेन्ट सर्भिसेस (एसएचएमएस)द्वारा सञ्चालित अलफ्ट काठमाडौं ठमेलले न्यानो बनाउन काश्मिरी स्वादिष्ट भोजन सञ्चालनमा ल्याएको छ । अलफ्टले काश्मिरी क्वाजाइनका लागि विश्वभरका उस्ताद एम्बेसेडर तथा भारतिय सेलिब्रेटी शेफ सञ्जय रैनाले विशेष गरि काठमाडौंको जाडोका लागि तयार पारेका ‘काश्मिर फ्लेबर’ले भरिपूर्ण आकर्षक मेन्यू पेश गरेको छ ।
‘फ्लेबर अफ काश्मिर’ फेस्टिभल नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले डीसीएल तथा भारतीय दूतावासका वरिष्ठ सदस्यहरुको साथमा काठमाडौंका कूटनीतिक र व्यापारी समुदायका लागि आयोजित विशेष रिसेप्सन डिनरमा उद्घाटन गर्ने बताइएको छ । उद्घादन समारोहपछि, श्रद्धालु अतिथिहरुले इन्डियन एम्बेसीको स्वामी विवेकानन्द कल्चरल सेन्टरले तयार पारेको काश्मिरीको सांस्कृतिक प्रस्तुतिको आनन्द लिन सक्नेछन् । ‘फ्लेबर अफ काश्मिर’मा काश्मिरी क्विजिन पेस गरिनेछ । यसमा प्रत्येक भोजनहरु शेफ रैनाको अथेन्टिक अफरिङ्गको एक्सटेन्सिभ मेन्यूबाट चयन गरिनेछ ।
सबै मेन्यूका आइटमहरु शेफ सञ्जय रैना, अलफ्ट काठमाडौं ठमेलका कार्यकारी शेफ शैलेन्द्र सिंह र टिमले परिश्रम तथा ध्यानपूर्वक तयार गर्नेछन् । भारतमा तथा विश्वभर ‘प्यारडाइज अन अर्थ’ले प्रख्यात काश्मिर प्राकृतिक सौन्दर्यले मात्र सम्पन्न नभएर उत्कृष्ट भोजनहरुको पनि धरोहर हो । काश्मिरी संस्कृति क्विजिनमार्फत प्रदर्शन गर्ने उद्देश्यले, कार्यकारी शेफ शैलेन्द्र सिंहले शेफ रैनाका साथ एक्जोटिक ग्वरमेन्ट भोजनको अनुभव लिन चहानेहरुका लागि स्वादिष्ट क्विलिनेरी मेन्यू विकास गरेका छन् ।
२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा...
आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।
Setodewal Marg, Kupondole, Lalitpur
Tel : +977-1-5554236
Fax : +977-1-5523181
Email : aarthik.dainik@gmail.com
Marketing Email : marketing.arthikdainik@gmail.com