इ–सेवाको ‘उपहार’ योजनाका विजेतालाई उपहार

काठमाडौं, कात्तिक २५
इ–सेवाले दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गरेको ‘उत्सवको वहार, हप्तैपिच्छे उपहार’ नामक योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । बम्पर उपहार बिजेता मकवानपुरका लेखनाथ पौडेललाई यमाहाको एफ जेड एसएफआई भी३ मोटरसाइकल हस्तान्तरण गरिएको छ । यसैगरी अर्को बम्पर उपहार विजेता काठमाडौ रामकोटका किरण घलेलाई एक साताको लागि एक जोडिलाई दुवई ट्रिपको प्याकेज हस्तान्तरण गरिएको छ ।

इ–सेवाको यस उपहार योजनामा तीन सय ५० जनाले विभिन्न भाग्यशाली उपहार जित्न सफल भएका छन् । छ हप्तासम्म सञ्चालन भएको उपहार योजनामा हरेक हप्ता ५८ जना व्यक्तिले विभिन्न उपहार जित्न सफल भएका थिए । यस उपहार योजनामा केफसीको उपहार कुपन हरेक हप्ता १६ जनाका दरले छ हप्तासम्म ९६ जनाले जित्न सफल भए । यसैगरी उपहार योजनाभर युएफओका तर्फबाट ९६, मिनिसोका तर्फबाट ४८, प्रिती क्लिकको सपिङ भौचर १८ जनाले जित्न सफल भए । यस्तै दुल्लाको वालेटमा १० जना, लाटिदोको ब्याग छ जनाले तथा ओयो रूम छ जनाले जित्न सफल भए ।

यस्तै क्यास्पर की, इ इस्क्यान, एम सेक्युरिटिज र वार्डविजका एन्टिभाइरस १२ जनाका दरले जित्न सफल भए । यसैगरी सिजिका टेलिभिजन छ जनाले, भायानेटको इन्टरनेट तीन जनाले तथा चियर्सको गिफ्ट भौचर छ जनाले जित्न सफल भए । असोज १ गतेदेखि कात्तिक १६ गतेसम्म इ–सेवामार्फत कारोबार गर्ने हरेक व्यक्ति यस उपहार योजनामा सहभागी भएका थिए ।

इ–सेवामा हाल ५६ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । यी बैंक तथा वित्तीय संस्थाबाट इ–सेवामा सहजै रकम जम्मा गर्न तथा इ–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल इ–सेवाका ग्राहक २५ लाखभन्दा बढी पुगिसकेका छन् । यो संख्या निरन्तर बढ्ने क्रममा छ । देशभर रहेका इ–सेवाका ६० हजार भन्दा बढी एजेन्ट मार्फत ७५ लाखभन्दा बढीले इ–सेवाका सेवाहरु लिइरहेका छन् । हाल इ–सेवामा ७० हजारभन्दा बढी मर्चेन्ट आबद्ध छन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अर्थतन्त्रको महत्वपूर्ण वित्तीय संस्था बन्न चाहन्छौें

२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा...

प्रकाश पौडेल प्रमुख कार्यकारी अधिकृत शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि., बुटवल, रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com