ओप्पो र क्वाल्कमले डुअल–मोड ५जी स्मार्टफोन सार्वजनिक गर्ने

काठमाडौं, कात्तिक २५
ओप्पोले डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको छ । ओप्पोका चिफ ५जी साइन्टिस्ट, हेनरी ट्याङले बार्सिलोनामा आयोजित क्वाल्कम ५जी समित २०१९मा गरेको घोषणा अनुसार नयाँ उपकरण, क्वाल्कमको डुअल मोड फाइभजीबाट सञ्चारित हुनुका साथै यसले स्ट्याण्डअलोन (एसए) र ननस्ट्याण्डअलोन (एनएसए) नेटवर्क दुवै सपोर्ट गर्नेछ ।

फाइभजी समिटमा ओप्पोको प्रतिनिधित्व गर्दै विश्वकै अग्रणी प्राविधिक कम्पनीहरुका एक्जेक्यूटिभ्स र आरएण्डडी प्रिन्सिपल्सका सामु ट्याङले फाइभजीको हालको अवस्था र भविस्यका उत्पादन, उपयोगिता र अर्को पुस्ताको कनेक्टिभिटीद्वारा भविस्यमा प्राप्त हुने अद्वितस्य अनुभव र सम्भावनाबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

निकट भविष्यमा नै फाइभजी स्मार्टफोनको व्यापक प्रयोग हुने आफ्नो विश्वास व्यक्तगर्दै ट्याङले वैश्विकरुपमा आफ्ना उत्पादनको उपस्थिति र प्रतिस्पर्धात्मक फाइदाप्रति संकेत गरे । ‘ओप्पो लगायत अन्य औद्योगिक सहपाठीका अथक प्रयासले फाइभजी अपनत्वमा तीव्रता ल्याउन सघाएको छ । केही छानिएका देश तथा क्षेत्र अहिले नै ओप्पोका फाइभजी स्मार्टफोन्सका प्रारम्भिक गहनकर्ता समेत बनिसकेका छन् ।’

ट्याङले अर्को पुस्ताको डुअल मोड फाइभजी अफरिङले विश्वभरका उपभोक्तालाई फाइभजीको सहज उपलब्धता प्रदान गर्ने बताए । गत मे महिनामा ओप्पोले स्विट्जरल्याण्डको अग्रणी टेलिकम कम्पनी, स्विसकमसँग सहकार्य गर्दै स्विस बजारमा ओप्पो रेनो फाइभजी आधिकारिकरुपमा सार्वजनिक गरेको थियो ।

योसँगै उक्त ह्याण्डसेट व्यापारिक प्रयोजनका साथमा युरोपमा उपलब्ध भएको पहिलो फाइभजी ह्याण्डसेट बन्यो । विश्वभर फाइभजीको व्यवसायीकरणमा तीव्रता ल्याउनका लागि ओप्पो अहिले एक दर्जनभन्दा बढी अपरेटर्ससँग सक्रिय रुपमा सहकार्य गरिरहेको छ । आउने दिनमा ओप्पोले थप फाइभजी उत्पादनहरु वैश्विक बजारमा पस्किँदै जाने योजना बनाएको छ ।

फाइभजी उपकरण विकासका लागि अग्रणी तथा संवाहकका रुपमा ओप्पोले मानक स्थापना, सफ्टवेयर लगायत फाइभजी प्रविधि सम्बन्धित विभिन्न प्राविधिक क्षेत्रमा विशेषज्ञता हात पारिसकेको छ । सन् २०१५मा स्थापित ओप्पोको फाइभजी आरएण्डडी समूहले सक्रिय रुपमा नेक्स्ट जेनरेसन मोबाइल प्रविधिका लागि मानक स्थापनाका लागि उल्लेख्य योगदान दिँदै आइरहेको छ ।

सन् २०१९ को सेप्टेम्बरसम्म आइपुग्दा ओप्पोले दुई हजार पाँच सयभन्दा बढी वैश्विक प्याटेन्ट फेमिलिजका लागि निवेदन दर्ता गराइसकेको छ । त्यसैगरी, युरोपियन टेलिकम्युनिकेसन्स स्ट्यान्डर्ड इन्स्टिच्युट (ईटीएसआई)मा एक हजारभन्दा बढी फाइभजीका लागि आवश्यक प्याटेन्ट फेमिलिजको घोषणा गरिसकेको छ ।

साथै, ओप्पोले तीन हजारभन्दा बढी फाइभजी स्ट्याण्डर्डसम्बन्धी कागजात थ्रीजीपीपीलाई हस्तान्तरण (सबमिट) गरिसकेको छ । यसले इन्टरनेशनल स्ट्यान्डर्ड अर्गनाइजेसनमा ओप्पोलाई टप कन्ट्रिब्युटर्सको सूचीमा अग्रणी स्थान प्राप्त छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अर्थतन्त्रको महत्वपूर्ण वित्तीय संस्था बन्न चाहन्छौें

२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा...

प्रकाश पौडेल प्रमुख कार्यकारी अधिकृत शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि., बुटवल, रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com