राशी अटोमोबाइल्स र बीएस मोटर्सबीच सहकार्य हुने

काठमाडौं, कात्तिक २५
राशी अटोमोबाइलस र बीएस मोटर्सबीच सहकार्य हुने भएको छ । कम्पनीहरुका अनुसार लगभग पाँच सयभन्दा बढी ब्याक्हो लोडर र सोइल कम्प्याक्टरहरु नेपालमा सञ्चालनमा रहेका छन् । नेपालमा न्युहोल्याण्ड एग्री कल्चर तथा कन्स्ट्रक्सन इक्विपमेन्टहरु भुषाल समूहअन्तर्गतको बीएस मोटर्सले आयात गरी राशी अटोमोवाइल्समार्फत बिक्रीवितरण गर्ने गरी कार्य अगाडि बढेको हो ।

भुषाल समूहले आयात गर्ने गरेको न्यु होल्याण्ड कन्स्ट्रक्सन इक्विपमेन्टको लागि अबदेखि नेपालभरको सबै क्षेत्रमा बिक्रीवितरणसम्बन्धी सम्पूर्ण कार्य गर्ने गरी राशी अटोमोबाइल्ससँग सहकार्य गर्ने गरी सम्झौता भएको छ। यो सम्झौताअनुसार अब देखि भुषाल समूहअन्तर्गतको बिएस मोर्टसले न्यु होल्याण्ड कन्स्ट्रक्सन इक्विपमेन्टहरु आयात मात्र गर्ने र नेपालको ग्राहकहरुले राशी अटोमोबाइल्स र यसअन्तर्गत रहेका डिलरहरु मार्फत न्युहोल्याण्ड कन्स्ट्रक्सन इक्युप्मेन्टहरु खरिद गर्न सक्नेछन् ।

भारत पितमपुरमा अवस्थित फ्याक्ट्रीबाट उत्पादन हुने न्युहोल्याण्ड कन्स्ट्रक्सन इक्विपमेन्टहरु नेपालमा आयात भई बिक्रीवितरण हुनथालेको लगभग तीन वर्ष हुनलागेको छ । हाल फियाट ग्रुपअन्तर्गत रहेको केश न्युहोल्याण्डको (सीएनएच)को नामबाट ‘न्युहोल्याण्ड’ र ‘केश’ दुई ब्राण्डका कन्स्ट्रक्सन इक्विपमेन्टहरु विश्वभर नै उत्पादन हुन्छन् । विश्वका १० भन्दा बढी देशबाट उत्पादन भई विश्वका सयभन्दा बढी देशहरुमा बिक्रीवितरण हुन्छन ।

भारतमा पनि पितामपुरमा रहेको एउटै फ्याक्ट्रीबाट न्युहोल्याड र केश दुई अलग अलग ब्राण्डहरु उत्पादन भइरहेका छन् । तर दुवैमा प्रयोग भएका सबै पार्टपुर्जा र कम्पोनेन्टहरु भने एउटै हुन्छन् । भुषाल समूहले नेपालको पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र बुटवलमा आधारित रही आफ्नो व्यापारिक कारोबार गरिरहेको छ । बालकृष्ण भुषालको नेतृत्वमा भुषाल समूहअन्तर्गतका विभिन्न कम्पनीहरु सञ्चालनमा छन् । उनका दुई छोरा अमृत भुषाल र अंकित भुषालले पनि व्यवसायमा आफ्ना बुवालाई दरिलो साथ दिइरहेका छन् । बालकृष्ण भुषालकी जेठी बुहारी जया भण्डारी भुषालले पनि भुषाल समूहको नयाँ व्यवसायमा त्यतिकै सहयोग गदै आएकी छन् ।

करिब ३० वर्ष अघिदेखि ट्याक्टर आयात गरी नेपालको बजारमा बिक्री गर्दै आएको भुषाल समूह हाल आएर न्युहोल्याण्ड ब्राण्डका ट्याक्टर, कन्स्ट्रक्सन इक्विपमेन्ट आयात गर्दै आएको छ । हाल भुषाल समूहले भैरहवामा पाँचतारे होटल निर्माण गरिरहेको छ । रियल स्टेटको क्षेत्रमा पनि भुषाल समूह आफूलाई राम्रोसँग स्थापित गर्न सफल भएको छ । त्यस्तै अर्जुन रानाभाट र कपिल शिवाकोटीको संयुक्त लगानीमा स्थापित कम्पनी राशी अटोमोबाइल्सको प्रधान कार्यालय सातदोबाटो, ललितपुरमा रहेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अर्थतन्त्रको महत्वपूर्ण वित्तीय संस्था बन्न चाहन्छौें

२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा...

प्रकाश पौडेल प्रमुख कार्यकारी अधिकृत शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि., बुटवल, रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com