किसानलाई बाली भित्र्याउन चटारो

स्याङ्जा, कात्तिक २६
हिन्दूहरूको महान चाडपर्वहरू दशैँ र तिहार सकिएसँगै स्याङ्जाका किसानहरूलाई खेतमा उत्पादन भएको धानबाली थन्काउन चटारो सुरु भएको छ । खेतमा लगाइएको धान दाइँ हालेर घरमा थन्काउन चटारो भएको हो । अघिल्लो वर्ष १६ हजार आठ सय ३० हेक्टरमा धान खेती भएकोमा ६० हजार तीन सय ३६ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष १६ हजार सात सय ६० हेक्टरमा मात्र धान रोपिएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष ७० हेक्टर कम रोपाइँ भएको कृषि ज्ञान केन्द्रको रेकर्ड रहेको छ ।

किसानहरूलाई धान खेती थन्काउन चटारो भइरहेका बेला धान अघिल्लो वर्षको तुलनामा वृद्धि भएको अनुमान गरिएको छ । यो वर्ष असिना कम परेकोले अघिल्लो वर्षको तुलनामा यो वर्ष ५ देखि ७ प्रतिशतले धान वृद्धि हुने अनुमान गरिएको बाघबानी विकास अधिकृत सोनी रानाले जानकारी दिइन् । यो वर्ष करिब ६५ हजार मेट्रिक टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ ।

ज्ञान केन्द्रले अघिल्लो वर्ष उन्नत जातका राम धान, सुनौलो सुगन्ध, लोकतन्त्र र सुक्का २, ३, ६ नामक धान अनुदानमा वितरण गरेको थियो । आँधीखोला फाँटका ठूलीबेसी, सतौ, बालिङ, ढौवा, पकान, चापाकोट, मल्याङकोट फाँटलगायतका धानका पकेट क्षेत्र रहेको कृषि ज्ञान केन्द्र स्याङजाले जानकारी दिएको छ । धान खेतीमा कालोपोको, मरुवा, बाला नलाग्ने र फौजी किराले दुःख दिएको किसानहरूको गुनासो रहेको छ । धानबारीमा मुसाले समेत दुःख दिने गरेको किसानहरूले जानकारी दिए ।

स्याङ्जाका धान खेतीका पकेट क्षेत्रमा राम धान, सुनौलौ सुगन्ध, एक्ले, मन्सुली, लोकतन्त्र, अनदी, राधा, सुक्का २, ३ र ६ र सावित्री जातका धानको खेती हँुदै आएको पाइन्छ । स्याङ्जामा उत्पादन भएको धानहरू स्थानीय बजार तथा पोखरा, काठमाडौँ र बुटवललगायतका बजारहरूमा निर्यात हँुदै आएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अर्थतन्त्रको महत्वपूर्ण वित्तीय संस्था बन्न चाहन्छौें

२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा...

प्रकाश पौडेल प्रमुख कार्यकारी अधिकृत शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि., बुटवल, रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com