जनकपुर, कात्तिक २६
पछिल्ला दिनमा बीमा जागरण अभियान सञ्चालन गर्ने प्रोफेसनल सोसाइटीहरू सक्रियरूपमा देखिएका छन् । सचेतना फैलाउने उद्देश्यले इन्स्योरेन्स प्रोफेशनलहरूले इन्स्योरेन्स सोसाइटी गठन गर्दै सो कार्यको प्रदेश दुईमा सुरुवात गरेका छ । जनकपुरमा आयोजित बीमा समितिका कानुन निर्देशक दिनेशलाल कर्णको प्रमुख आतिथ्यमा त्यसै भेलाबाट आईएमई जनरल इन्स्योरेन्सका अर्जुनकुमार पौडेलको अध्यक्षतामा उक्त इन्स्योरेन्स प्रोफेशन सोसाइटी गठन गठन भएको हो ।
सुशिलदेव सुुुुवेदी विशेष अतिथि तथा मेघेन्द्रप्रकाश गिरी तथा सोन आलेमगरको आतिथ्यमा जनकपुरमा आइतबार भएको भेलाबाट प्रदेश २ को ११ सदस्यीय कार्य समिति चयन गरिएको हो । सोसाइटीको अध्यक्षमा अर्जुनकुमार पौडेल, उपाध्यक्षमा नेपाल लाइफका अनिल मिश्र, महासचिवमा एशियन लाइफका पुरुषोत्तम कुर्मी तथा कोषाध्यक्षमा सिटिजन्स लाइफका आकाश पाण्डे चयन भएका छन् । नव निर्वाचित सोसाइटीले प्रदेश २ मा बीमासम्बन्धी जनचेतना फैलाउने कामसँगै बीमाका विषयमा प्रदेशस्तरीय महत्वपूर्ण निर्णय पनि गर्ने भन्ने कुरा समितिका नवनिर्वाचित कोषाध्यक्ष आकाश पाण्डेले बताएका छन् ।
२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा...
आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।
Setodewal Marg, Kupondole, Lalitpur
Tel : +977-1-5554236
Fax : +977-1-5523181
Email : aarthik.dainik@gmail.com
Marketing Email : marketing.arthikdainik@gmail.com