जापानी प्रविधि प्रयोग गरे कृषि क्षेत्रले ठूलो फड्को मार्ने

काठमाडौं, कात्तिक २६
नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाले जापानी प्रविधि प्रयोग गर्न सकिए नेपालको कृषि क्षेत्रले ठूलो फड्को मार्ने बताएका छन् । कृषि तथा व्यापार क्षेत्रमा लगानीको सम्भाव्यता अध्ययन गर्न नेपाल आएको जापानी टोलीलाई महासंघ सचिवालयमा स्वागत गर्दै उनले नेपालमा कृषि क्षेत्रको विकासमा जापानी प्रविधि तथा लगानी आकर्षण गर्न सकिएमा कृषि क्षेत्रले ठूलो फड्को मार्ने र यसबाट दुवै देश लाभान्वित हुन सक्ने बताए ।

नेपाल र जापानबीच कृषि तथा व्यापारका क्षेत्रमा हुनसक्ने सहयोग एवं सहकार्य र यी क्षेत्रमा जापानी लगानीको सम्भाव्यता अध्ययन गर्न नेपाल भ्रमणमा आएको जापानी अध्ययन टोली र कृषि क्षेत्रमा लगानी गरिरहेका नेपाली उद्यमी व्यवसायीहरूबीच सोमबार महासंघ सचिवालयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली उद्यमी व्यवसायीहरूको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान र जापानी टोलीको नेतृत्व मिकियो टबाटाले गरेका थिए ।

कृषि तथा व्यापारका क्षेत्रमा नेपालमा लगानीका सम्भाव्यता अध्ययन गर्ने, कसरी जापानी लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि आकर्षित गर्न सकिन्छ र वाह्य लगानी आकर्षणमा देखापरेका व्यवहारिक कठिनाईहरूका विषयमा कृषि क्षेत्रमा काम गरीरहेका नेपाली उद्यमी व्यवसायीहरू बीच छलफल गर्न जापानी प्रतिनिधिमण्डल महासंघ सचिवालयमा आएको हो । जापानी टोलीमा लगानीकर्ता, सरकारका प्रतिनिधिहरू, विज्ञहरू समेतको सहभागिता रहेको छ । यसै विषयमा कृषि क्षेत्रका विज्ञहरूको सहभागितामा कार्तिक २७ गते काठमाडौंमा वृहद कार्यक्रम समेत आयोजना गरिएको छ । नेपाल बसाईका क्रममा प्रतिनिधिमण्डलले सरकार, निजी क्षेत्र र कृषि क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिहरू तथा नेपालबाट जापानमा व्यापार व्यवसाय गरिरहेका उद्यमी व्यवसायीहरूसँग छलफल गरी आफ्ना सुझावहरू पेश गर्नेछ ।

महासंघका उपाध्यक्ष प्रधानले कृषि क्षेत्रमा अपार सम्भाव्यता रहेकाले नेपालमा लगानीको राम्रो वातावरण रहेको संदेश जापानी लगानीकर्ताहरूसम्म पु-याउन टोलीलाई आग्रह गरे । पर्याप्त उर्वर भूमि, सस्तो श्रमशक्ति समेत रहेकाले कृषि क्षेत्रमा लगानीगर्दा छोटो समयमै निकै धेरै फाइदा उठाउन सकिने हुँदा निर्धक्क भएर लगानी गर्न सकिने अवस्था रहेको समेत उनले जानकारी दिए ।

कार्यक्रममा महासंघको प्रदेश नम्बर १ का अध्यक्ष नरेन्द्र कुमार खड्काको पनि उपस्थिति थियो । प्रतिनिधिमण्डलका टोली प्रमुख मिकियो टबाटाले अध्ययन भ्रमणको उद्देश्य वारे जानकारी गराउंदै कृषि, वन तथा मत्स्यपालन क्षेत्रमा फिल्ड तहमानै सहयोग र सहकार्यका सम्भाव्यता खोजी गर्न आफूहरू नेपाल भ्रमणमा आएको स्पष्ट पारे । कसरी नेपालमा जापानी लगानीकर्ताहरूलाई आकर्षित गर्न सकिन्छ र लगानी आकर्षणमा रहेका व्यवहारिक कठिनाईहरू पहिचान गरी त्यसलाई सहज बनाउन सकिन्छ त्यस सम्बन्धमा महत्वपूर्ण सुझाव नेपाली निजी क्षेत्रबाट आफूहरूले खोजेको उनले बताए । कार्यक्रममा महासंघको कृषि उद्यम केन्द्रका कार्यक्रम विकास विशेषज्ञ ज्ञानेश्वरसिंह महतोले नेपालमा कृषि क्षेत्रको सम्भाव्यता तथा चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अर्थतन्त्रको महत्वपूर्ण वित्तीय संस्था बन्न चाहन्छौें

२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा...

प्रकाश पौडेल प्रमुख कार्यकारी अधिकृत शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि., बुटवल, रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com