Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकका ग्राहकलाई सोल्टी होटलमा छुुट

एभरेष्ट बैंकका ग्राहकलाई सोल्टी होटलमा छुुट


काठमाण्डौं,फागुन १६
एभरेष्ट बैंक लिमिटेडल र सोल्टी इन्टरप्राइजेज प्रालिबीच एभरेष्ट बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्न साझेदारी भएको छ । काठमाडौँंको सोल्टी क्राउन प्लाजा प्रदेश नं. ३ को पाँच तारे होटल हो र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टइन्ड प्रदेश नं. ५ को पाँच तारे होटल हो जुन यस क्षेत्रमा विलासी प्रोपटिज र पौराणिक आतिथ्यप्रतिको योगदानका साथ समृद्ध इतिहास र नेपाली पर्यटन उद्योगमा अग्रगामीका रूपमा प्रख्यात छन् । एम्ओयूमा हस्ताक्षर भएअनुसार एभरेष्ट बैंकका ग्राहकले निर्धारित मूल्यमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

उक्त सम्झौताअनुसार एभरेष्ट बैंकका ग्राहकहरूले आफ्नो एटीएम वा क्रेडिट कार्डमार्फत छुट प्राप्त गर्नेछन् । एभरेष्ट बैंक सदैव ‘सभिर्स विथ स्माइल’ नाराका साथ ग्राहकका लाभ र सन्तुष्टिमा केन्द्रित रहेको छ ।एभरेष्ट बैंकको ग्राहक आधार संख्या १० लाखभन्दा बढी रहेको छ, जुन बैंकिङ क्षेत्रकै उच्च हो । एभरेष्ट बैंक, हालै बेष्ट म्यानेज्ड कमर्सियल बैंक २०१९ बाट सम्मानित हुनुका साथैै क्यामेल्स रेटिङअन्तर्गत बेष्ट रेटेड कर्मसियल बंैक बन्न सफल भएको छ । बैंकले ९५ स्थानीय शाखा, तीन एक्सटेन्सन काउन्टर, ३० राजस्व संकलन काउन्टर, एक सय २२ एटीएमबाट सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया